


घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले संचालन गरेको व्यूटिसियन तालिम जुम्रीमा समापन गरिएको छ ।
‘उद्यमशिल संस्कृती राष्ट्रको समृद्दि’ भन्ने नाराका साथ संचालन गरिएको ३० दिने व्यूटिसियन तालिमका १५ जना सहभागीहरुलाइ शनिवार एक कार्यक्रमका विच प्रमाण पत्र सहित बिदा गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख मनि गुरुङको अध्यक्षतामा गरिएको कार्यक्रममा लुम्वीनी प्रदेसकी सांसद धनलक्ष्मी श्रेष्ठ प्रमुख अथिति रहेकी थिइन । कार्यक्रममा वोल्दै प्रमुख अथिति श्रेष्ठले महिलाहरुले सिकेको कुरा व्यवहारमा लागु गर्दै उद्यमसिलतामा जोडिन आग्रह गरिन्।
महिलाहरुलाइ उद्यमसिलतामा जोड्ने र व्यवसायीक बनाउने उदेश्यले तालिम संचालन गरिएको कार्यालयका निमित्त प्रमुख मनि गुरुङले बताए । ३ लाख ५० हजार बजेटमा तालिम आयोजना गरिएको कार्यालयले जनाएको छ।
कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालयकी उद्यम विकास सहजकर्ता संगिता नेपालीले गरेकी थिइन भने स्वागत मन्तव्य चम्पक श्रेष्ठले राखेका थिए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

