News Portal

रेडियो सुन्नुहोस्

३० दिने व्यूटिसियन तालिमको समापन

झुलेनी नेटवर्क२०८१ फागुन १०
९०४ पटक
२०८१ फागुन १०

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले संचालन गरेको व्यूटिसियन तालिम जुम्रीमा समापन गरिएको छ ।

‘उद्यमशिल संस्कृती राष्ट्रको समृद्दि’ भन्ने नाराका साथ संचालन गरिएको ३० दिने व्यूटिसियन तालिमका १५ जना सहभागीहरुलाइ शनिवार एक कार्यक्रमका विच प्रमाण पत्र सहित बिदा गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख मनि गुरुङको अध्यक्षतामा गरिएको कार्यक्रममा लुम्वीनी प्रदेसकी सांसद धनलक्ष्मी श्रेष्ठ प्रमुख अथिति रहेकी थिइन । कार्यक्रममा वोल्दै प्रमुख अथिति श्रेष्ठले महिलाहरुले सिकेको कुरा व्यवहारमा लागु गर्दै उद्यमसिलतामा जोडिन आग्रह गरिन्।
महिलाहरुलाइ उद्यमसिलतामा जोड्ने र व्यवसायीक बनाउने उदेश्यले तालिम संचालन गरिएको कार्यालयका निमित्त प्रमुख मनि गुरुङले बताए । ३ लाख ५० हजार बजेटमा तालिम आयोजना गरिएको कार्यालयले जनाएको छ।

कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालयकी उद्यम विकास सहजकर्ता संगिता नेपालीले गरेकी थिइन भने स्वागत मन्तव्य चम्पक श्रेष्ठले राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...