News Portal

रेडियो सुन्नुहोस्

दुर्गमका महिलाहरु अल्लोमा आकर्षित

शशिधर भण्डारीप्यूठान चैत्र
१५३३ पटक
प्यूठान चैत्र

स्थानीय स्तरमा अल्लो सहज रुपले पाइने भएपछि स्याउलीवाङका महिलाहरु अल्लोको कपडा बुन्न ब्यस्त भएका छन् । अल्लोबाट बनेका कपडा, झोला र सामाग्री लैजान स्याउलीवाङमा आउने पाहुँनाहरु खुशी हुने, जिल्ला तथा जिल्ला बाहिर देश, विदेशमा पनि ब्यापार भइरहेको छ ।

पहिले पहिले अल्लाको कपडा पाहुनालाई कोसेली दिने गर्दथे । आज भोली अल्लोका सामाग्रीहरु जिल्लाको खलगांमा माग अनुसार ल्याइ पु¥याउने गरेका छन् । अल्लोबाट बनेका कोट, झोला, टोपी, मोबाईल पर्स, समेत स्थानीय स्तरमै बुन्न सकिने भए पछि आफुहरुको आम्दानीको श्रोत बन्न थालेको अल्लो प्रशोधन केन्द्र स्याउलीवाङकी काली वुढाले बताईन ।

गाविसबाट तालिममात्र
जिल्लामा करोडौँ रकमको अल्लो उत्पादन गर्न सकिने भए पनि प्रबिधिको अभाव भएको उद्यमीहरु बताउछन् ।
स्थानिय तहहरु वन्नुपुर्व गा.वि.स.बाट महिलाहरुको बजेटबाट विनियोजनमा पटक पटक आधुनिक प्रविधी खरिदको माग गरेपनि प्रशोधन तालिम बाहेक अन्य शिर्षकमा बजेट नछुट्याइदिँदा समस्यामा परेको उनिहरुको भनाई छ ।

धागोको माग बढ्यो
पछिल्लो समयमा जिल्लाबाट उत्पादन हुने अल्लोको माग बढ्दै गएको छ ।
आ.व. ०७१/०७२ मा २ हजार ७ सय ९५ किलोग्राम धागोको निर्यात गरिएकोमा गत बर्षमात्रै ३ हजार ३ सय ५ किलोग्राम अल्लो निर्यात गरिएको घरेलु तथा साना उद्योग विकास समिति प्यूठानका प्रमुखले जानकारी दिए ।
अल्लाको धागो नेपालको प्रमुख सहर काठमाण्डौ र बुटवलमा ६ सय देखि ७ सय प्रति किलोग्रामले बार्षिक करिव २३ लाख रुपैया बरावरको धागो विक्रि गरेका छन् ।
जिल्लाको अर्खा, रजवारा, लुङ र ओखरकोटका जंगलमा पनि अल्लो पाइने भए पनि प्रयोग विहिन बनेको छ । स्याउलीबाङमा भने अल्लो (सिस्नो) प्रत्येक बर्षको माघ १० बाट फुकाउने गरेको उनिहरु बताउछन् ।

महोत्सव देखि विदेशसम्म प्यूठानको अल्लो
उद्यमीहरूले संकलन गरेको अल्लोको प्रशोधित धागो अन्तर्रा्ष्ट्रिय बजारसम्म पुगेको छ ।
स्थानीय बजारभन्दा देशका ठुला उद्योग ब्यापार मेलामा माग बढिरहेको कोठी हिमाल अल्लो उद्योगकी सञ्चालक तथा राष्ट्रिय अल्लो संघका केन्द्रीय पूर्व अध्यक्ष चित्रकली बुढामगरले बताइन् । ‘ थाइल्यान्ड, मलेसिया, साउदी, कतार, अस्ट्रेलिया, इजरायल र सिंगापुर लगायतका देशहरूमा अल्लोको प्रशोधित धागो काठमाण्डौबाट निर्यात भए पनि आफुहरुले जापानमा ब्यापार बढाउन पहल गरिरहेका छौँ । ’ चित्रकली बुढामगरले भनिन् । उद्योगमा १९ जना महिला एद्यमी ी रहेका छन् भने मासिक ४ लाख बरावरको कारोबार गरेको बुढाको भनाई छ ।

अल्लोको धागो वनाउदै स्थानिय महिला

अल्लोको धागोवाट कपडा वुन्दै स्थानिय महिला

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...