News Portal

रेडियो सुन्नुहोस्

मसालले दक्षिणपन्थी बाटो समात्योः भण्डारी ( भिडियाे सहित)

मधुसुदन पाेख्रेलकार्तिक २४
९४७ पटक
कार्तिक २४

प्युठान ,  नेपाल कम्युसिनस्ट पार्टी(मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारीले मोहोनबिक्रम सिंहले एक्लौटी तरिकारले पार्टी चलाउन थालेपछि नयाँ पार्टी नेपाल कम्युसिनस्ट पार्टी(मशाल)जन्माउन परेको बताएका छन् । आज(बिहिबार) प्यूठानको नयाँबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा भण्डारीले आफूहरुले आठौ महाधिवेशनमा फरक मत राख्दा बित्तिकै पार्टीबाट निकाश्न गर्ने काम नेतृत्वबाट भएको बताए । ‘आठौं महाधिवेशनले दक्षिणपन्थी बाटो समातेपछि त्यसलाई सच्चाउन हामीले तात्कालिन पार्टी नेतृत्वसित विशेष महाधिवेशनको माग गरेका थियौं,’उनले भने, ‘तर नेतृत्वले हाम्रो मागलाइ लत्याइयो ।’
आठौ महाधिवेशनमा पार्टी नेतृत्वले निर्वाचनलाइ मुख्य कार्यदिशा बनाएपछि आफूहरुले फरक मत राख्न परेको भण्डारीको भनाइ छ । आफूहरुले सातौं महाधिवेशनको क्रान्तिकारी कार्यदिशाको निरन्तरता, रक्षा र विकासलाई अगाडि बढाएको उनले बताएं । त्यो कार्यदिशालाई तात्कालिन नेतृत्वले छाडिसकेको हुनाले क्रान्तिकारी मूलधारलाई समेटेर नयाँ पार्टी निर्माणा गरेको उनले बताए । मोहोनबिक्रम मूलधारबाट विचलित भएर दक्षिणपन्थी विसर्जनवादको बाटो समातेको उनको आरोप थियो । जनतालाइ आवश्यक नभएको संघियता खारेज गरिएन भने देश विदेशी रिणले डुब्दै जाने भएकाले संघियता खारेज हुनुपर्ने बताए । दलाल पुजीवादलाइ प्रहार गर्नका लागि मंसिर ४ मा हुने संसदिय निर्वाचनलाइ बहिस्कार गर्न आफ्नो पार्टीले जनतालाइ अपिल गर्दै घरदैलो गरिरहेको बताए ।                https://youtu.be/4GN64NZzjG8

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...