News Portal

रेडियो सुन्नुहोस्

विपद जोखिम न्युनिकरण गर्न बस्ति स्तरबाटै पूर्व तयारी गर्नुपर्नेमा जोड

मधुसुधन पोख्रेल ६ पौष २०७९
६७४ पटक
६ पौष २०७९

जिल्ला आपतकालिन कार्य संचालन केन्द्र र स्थानीय आपतकालिन विचको समन्वय बैठक तथा छलफल बरौलामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका विभिन्न सरोकारवालाहरुको उपस्थीतीमा विपत जोखिम न्यूनिकरणका लागि आपतकालिन समयम जुनसुकै क्षेत्रबाट सकृयरुपमा लाग्नु पर्ने सरोकारवालाहरुले बताएका छन ।

कार्यक्रममा जिल्लाभरका जोखिम क्षेत्रहरु पहिचान गरी बस्तीस्तरबाटै सचेतनाका कार्यक्रम संचालन गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले बताएका छन । साथै कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय प्युठानकी प्रमुख जिल्ला अधीकारी सुनीता नेपालले जस्तो सुकै परिस्थीतीमा पनि बास्तवीक पीडित तथा विपदमा परेकाहरुका लागि सवै एक्टीभ भएर जुट्नु पर्ने बताएकी छिन । साथै उनले विपत जुन सुकै समयमा पनि आउन सक्ने भएकोले टोल तथा बस्ती स्तरबाटै जनचेतना जगाउनु पर्ने बताएकी छिन ।
ऐरावती गाउपालिकाको सभाहलमा भएको कार्यक्रममा जिल्लाका सम्पुर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...