News Portal

रेडियो सुन्नुहोस्

विप्लव नेकपा राेल्पाले वडा कार्यालयहरुमा लगायो ताल्चा

सिखबर संवाददाताअसाेज १०
२११६ पटक
असाेज १०

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज रोल्पा बन्द गरेको छ । बन्दका कारण रोल्पा जिल्लाको जनजीवन प्रभावित बनेको छ । आफ्नो पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासलाई प्रहरीले पक्राउ गरेको बिरोधमा रोल्पा बन्द गरिएको नेकपा रोल्पाले जनाएको छ ।

बन्दका कारण बिहानैदेखि जिल्ला भित्रिने र बाहिरीने कुनै पनि सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि पुर्ण बन्द रहेका छन् । जिल्ला भरका बजार बन्द छन्। बिप्लव कार्यकर्ताले सदरमुकाम लिवाङमा रहेको रोल्पा नगरपालिका– वडा .न. ४ लगायत जिल्लाका भरका अधिकांश वडा कार्यालयहरुमा समेत तालाबन्दी गरेका छन्।

रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसिले जिल्लाका केहि वडा कार्यालयमा ताला लगाएको आफुलाई जानकारी आएको बताउनुभयो । वडा अध्यक्ष र प्रहरी संगको समन्वयमा ताला खोल्ने तयारी भइरहेको उहाँले बताउनुभयो रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काका अनुसार प्रहरी टाढा रहेका वडा कार्यालयहरुमा ताला लगाइएको छ ।

उता बिप्लव नेतृत्वको नेकपाले भने आफ्नो पार्टीका जिल्ला सेक्रेटरी प्रयासलाई प्रहरीले नछोडेसम्म वडा कार्यालयहरुलाई कामकाज गर्न नदिने नेकपा रोल्पाले बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विपद् पूर्वको तयारी आवश्यक

विपद् पूर्वको लगानीले ठूलो क्षतिबाट बचाउने सरोकारवालाहरुले बताएका छन् । विपद पूर्वको जोखिम व्यवस्थापन र...

घुम्नजाऔँ गौमुखी शुभारम्भ

‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण...

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान...

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...

गणतन्त्र दिवसमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन

गणतन्त्र दिवसको अवसरमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन गरिएको छ। प्यूठान नगरपालिकाको आयोजनामा दिवसको अवसरमा दीप...