News Portal

रेडियो सुन्नुहोस्

बिज्ञान र गणित विषयको नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम

झुलेनी पोष्ट२५ पुष २०७९
५१९ पटक
२५ पुष २०७९

बिज्ञान  र गणित विषयको नतिजा सुधार गर्न गाउँपालिकामा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोमबार गौमुखी र सरुमारानी गाउँपालिकामा सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आयोजनामा  बिज्ञान ,गणित विषयको नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै गिरिले शिक्षा क्षेत्रलाई कसरी गुणस्तरीय बनाउने, शिक्षामा स्थानीय तहले खेल्नु पर्ने भुमिका र लगानीमा जोड भन्दै त्यसलाई मुख्य बिषय बनाएर लैजाने बताएका हुन् । गाउँपालिका उपाध्यक्ष महाबिर रानाले शैक्षिक क्षेत्रको बिकासमा स्थानीय तह लागि पर्ने र गत बर्ष SEE परिक्षामा बिज्ञान र गणित विषयमा अनुत्तीर्ण संख्या धेरै भएकोले विद्यार्थीको नतिजा सुधार गर्न सबैको महत्त्वपूर्ण भुमिका हुनुपर्ने बताएका छन् ।

सामाजिक विकास डिभिजन कार्यालयलाई कार्यक्रम आयोजना गरेको भन्दै पालिकाले धन्यवाद समेत व्यक्त गरेको छ । कार्यालय प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षता तथा गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको प्रमुख आथित्यतामा  रहेको थियो । अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि , माध्यमिक तहका बि ब्य स, बिज्ञान र गणित विषयका विषयगत शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...