News Portal

रेडियो सुन्नुहोस्

बिज्ञान र गणित विषयको नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम

झुलेनी पोष्ट२५ पुष २०७९
६९३ पटक
२५ पुष २०७९

बिज्ञान  र गणित विषयको नतिजा सुधार गर्न गाउँपालिकामा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोमबार गौमुखी र सरुमारानी गाउँपालिकामा सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आयोजनामा  बिज्ञान ,गणित विषयको नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै गिरिले शिक्षा क्षेत्रलाई कसरी गुणस्तरीय बनाउने, शिक्षामा स्थानीय तहले खेल्नु पर्ने भुमिका र लगानीमा जोड भन्दै त्यसलाई मुख्य बिषय बनाएर लैजाने बताएका हुन् । गाउँपालिका उपाध्यक्ष महाबिर रानाले शैक्षिक क्षेत्रको बिकासमा स्थानीय तह लागि पर्ने र गत बर्ष SEE परिक्षामा बिज्ञान र गणित विषयमा अनुत्तीर्ण संख्या धेरै भएकोले विद्यार्थीको नतिजा सुधार गर्न सबैको महत्त्वपूर्ण भुमिका हुनुपर्ने बताएका छन् ।

सामाजिक विकास डिभिजन कार्यालयलाई कार्यक्रम आयोजना गरेको भन्दै पालिकाले धन्यवाद समेत व्यक्त गरेको छ । कार्यालय प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षता तथा गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको प्रमुख आथित्यतामा  रहेको थियो । अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि , माध्यमिक तहका बि ब्य स, बिज्ञान र गणित विषयका विषयगत शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...