News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा चोरको विगविगी

झुलेनीपोष्ट२०७९ पुस २७, प्यूठान
११२८ पटक
२०७९ पुस २७, प्यूठान

प्यूठानमा चोरको विगविगी बढ्न थालेको छ । गएराती जिल्लाको गौमुखी गाउँपालिकाको गौमुखी माध्यामिक विद्यालय ठुलावेसीमा अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । विद्यालयको लेखा कक्ष, प्रशासनिक कक्ष, स्टाफ कक्ष र सिसिटिभी कक्ष तोडफोड भएको विद्यालयका सहायक प्रधानाध्यापक जाहेश्वर जैसीले जानकारी दिए ।उनका अनुसार परीक्षा समितिको बक्स समेत तोडफोड गरीएको छ । त्यसैगरी स्थानीयका अनुसार गएराती नै ठुलावेसी बजारका ४ वटा घरमा चोरी भएको छ । चोरीमा संलग्नहरुको खोजी भइरहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विद्यालयमा तोडफोडबाट भएको क्षति र चोरीबाट लुटिएको रकमबारे विवरण संकलन भइरहेको छ । विद्यालयमा राखीएको सिसिटिभीको फुटेजका माध्यमद्वारा प्रहरीले अज्ञात व्यक्ति पहिचानका लागि अनुसन्धान थालेको छ ।
यस अघि हिजो राती स्वर्गद्धारी नगरपालिका वडा नं.५ सारीको वडा कार्यलय, स्वास्थ्य चौकी, विद्यालय सहित ११ घरमा चोरी भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...