News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा चोरको विगविगी

झुलेनीपोष्ट२०७९ पुस २७, प्यूठान
८९१ पटक
२०७९ पुस २७, प्यूठान

प्यूठानमा चोरको विगविगी बढ्न थालेको छ । गएराती जिल्लाको गौमुखी गाउँपालिकाको गौमुखी माध्यामिक विद्यालय ठुलावेसीमा अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । विद्यालयको लेखा कक्ष, प्रशासनिक कक्ष, स्टाफ कक्ष र सिसिटिभी कक्ष तोडफोड भएको विद्यालयका सहायक प्रधानाध्यापक जाहेश्वर जैसीले जानकारी दिए ।उनका अनुसार परीक्षा समितिको बक्स समेत तोडफोड गरीएको छ । त्यसैगरी स्थानीयका अनुसार गएराती नै ठुलावेसी बजारका ४ वटा घरमा चोरी भएको छ । चोरीमा संलग्नहरुको खोजी भइरहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विद्यालयमा तोडफोडबाट भएको क्षति र चोरीबाट लुटिएको रकमबारे विवरण संकलन भइरहेको छ । विद्यालयमा राखीएको सिसिटिभीको फुटेजका माध्यमद्वारा प्रहरीले अज्ञात व्यक्ति पहिचानका लागि अनुसन्धान थालेको छ ।
यस अघि हिजो राती स्वर्गद्धारी नगरपालिका वडा नं.५ सारीको वडा कार्यलय, स्वास्थ्य चौकी, विद्यालय सहित ११ घरमा चोरी भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...