News Portal

रेडियो सुन्नुहोस्

समृद्ध नगरपालिका र सुखी नगरबासी वनाउने नगर प्रमुख योगीको भनाई

झुलेनी पोष्ट२७ पुष २०७९
६१३ पटक
२७ पुष २०७९

प्यूठान नगरपालिका नगर प्रमुख विष्णु बहादुर योगीले प्यूठान नगरपालिकालाई समृद्ध नगरपालिका र सुखी नगरबासी बनाउने योजना बनाएको बताए । नगरपालिकाको चौथो हिउदे नगर सभामा विभिन्न शिर्षकमा उठेका सवालको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । त्यस्तै उनले नगरपालिका भित्र रहेका करार कर्मचारीहरुको म्याद थप समेत गरेको बताएका छन् । प्यूठान नगरपालिकाको चौथो हिउदे नगर सभा कार्यक्रम बुधबार सम्पन्न भएको छ । प्यूठान नगरपालिकाको आयोजनामा प्यूठान नगरपालिकाको सभाहल बिजुवार प्यूठानमा कार्यक्रम सम्पन भएको हो । सभामा नगर उपप्रमुख देबेन्द्र वर्माले नगरपालिकाले नागरिकका आधारभुत आवाश्यकताका विषयहरु शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, बाटो लगाएत विभिन्न शिर्षकमा छुट्याएको बजेट प्रस्तुत गरेका थिए ।


सभामा सहभागीहरुले कृषि हाटबजारका रुपमा निमार्ण गरिएको भवनलाई प्रयोगमा ल्याउने तथा व्यवस्थापन गर्नुपर्ने, कृषि एम्वुलेन्स खरिद , व्यवस्थीत बसपार्क निमार्ण, भित्रीकोट र गाजुरीलाई पर्यटन प्रवद्धनमा जोड दिनुपर्ने, अति विपन्न नागरिकलाई आवासको निमार्ण गरिदिनुपर्ने लगाएतका कुरामा नगरपालिकाले विषेश ध्यान दिन जरुरी रहेका बताएका थिए ।

त्यस्तै नगरपालिकाले दिर्घरोगीहरुलाई स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने योजना कायान्वय नगरेको भन्दै त्यसलाई कार्यान्वय गर्नुपर्ने माग गरेका छन् । प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेस कुमार गुरुङ, वडाका वडा अध्यक्ष, सदस्य, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...