News Portal

रेडियो सुन्नुहोस्

समृद्ध नगरपालिका र सुखी नगरबासी वनाउने नगर प्रमुख योगीको भनाई

झुलेनी पोष्ट२७ पुष २०७९
८२६ पटक
२७ पुष २०७९

प्यूठान नगरपालिका नगर प्रमुख विष्णु बहादुर योगीले प्यूठान नगरपालिकालाई समृद्ध नगरपालिका र सुखी नगरबासी बनाउने योजना बनाएको बताए । नगरपालिकाको चौथो हिउदे नगर सभामा विभिन्न शिर्षकमा उठेका सवालको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । त्यस्तै उनले नगरपालिका भित्र रहेका करार कर्मचारीहरुको म्याद थप समेत गरेको बताएका छन् । प्यूठान नगरपालिकाको चौथो हिउदे नगर सभा कार्यक्रम बुधबार सम्पन्न भएको छ । प्यूठान नगरपालिकाको आयोजनामा प्यूठान नगरपालिकाको सभाहल बिजुवार प्यूठानमा कार्यक्रम सम्पन भएको हो । सभामा नगर उपप्रमुख देबेन्द्र वर्माले नगरपालिकाले नागरिकका आधारभुत आवाश्यकताका विषयहरु शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, बाटो लगाएत विभिन्न शिर्षकमा छुट्याएको बजेट प्रस्तुत गरेका थिए ।


सभामा सहभागीहरुले कृषि हाटबजारका रुपमा निमार्ण गरिएको भवनलाई प्रयोगमा ल्याउने तथा व्यवस्थापन गर्नुपर्ने, कृषि एम्वुलेन्स खरिद , व्यवस्थीत बसपार्क निमार्ण, भित्रीकोट र गाजुरीलाई पर्यटन प्रवद्धनमा जोड दिनुपर्ने, अति विपन्न नागरिकलाई आवासको निमार्ण गरिदिनुपर्ने लगाएतका कुरामा नगरपालिकाले विषेश ध्यान दिन जरुरी रहेका बताएका थिए ।

त्यस्तै नगरपालिकाले दिर्घरोगीहरुलाई स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने योजना कायान्वय नगरेको भन्दै त्यसलाई कार्यान्वय गर्नुपर्ने माग गरेका छन् । प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेस कुमार गुरुङ, वडाका वडा अध्यक्ष, सदस्य, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...