News Portal

रेडियो सुन्नुहोस्

माद्यामिक तह संचालनका लागि आर्थिक संकलन अभियान

झुलेनी पोष्ट२०७९ माघ, ९
१५३ पटक
२०७९ माघ, ९

प्यूठानमा माद्यामिक विद्यालय संचालनका लागि आर्थिक संकलन अभियान थालिएको छ । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.७ कुता स्थित सिता आधारभुत विद्यालयलाई माद्यामिक तह, कक्षा ९ र १०सम्म संचालन गर्नका लागि आर्थिक संकलन अभियान थालिएको वडा सदस्य तुल बहादुर पछाई क्षेत्रीले जानकारी दिए ।
२०१८ सालमा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्म पढाई हुदै आएको छ । आगामी शैक्षिक शत्रदेखी कक्षा ९र१० सम्म पढाई संचालन गर्ने उद्देश्यले अहिलेदेखीनै आर्थिक संकलन अभियान थालिएको उनले बताए ।
गाउँमै माद्यामिक तहसम्मको पढाई नहुदा विद्यार्थीहरुलाई समस्या भएको थियो । हाल विद्यार्थीहरु कक्षा ९र१० पढ्नको लागि करिब दुई घण्टाको बाटो हिडेर सत्य मावी तुसारा जान बाध्य छन् । विद्यार्थीहरुमा सहज शिक्षाको पहुचँ पुर्याउने उद्देश्यले अभिभावक र विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै आधारभुत तहबाट माद्यामिक तहसम्म संचालन गर्न थालिएको प्राध्यानाध्यापक त्रीभुवन कवरले बताएका छन् । हाल सम्म स्थानीयवासी र अन्य सहयोगी दाताहरुबाट करिब ३ लाख बराबरको रकम संकलन भईसकेको सदस्य पछाईले  बताए ।  झिमरुक गाउँपालिका वडा नं.७ कुता क्षेत्रका करिब ३सय३६जना विद्यार्थीहरु सिता आधारभुत विद्यालयमा अध्ययनरत् छन् ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...