News Portal

रेडियो सुन्नुहोस्

माद्यामिक तह संचालनका लागि आर्थिक संकलन अभियान

झुलेनी पोष्ट२०७९ माघ, ९
६१३ पटक
२०७९ माघ, ९

प्यूठानमा माद्यामिक विद्यालय संचालनका लागि आर्थिक संकलन अभियान थालिएको छ । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.७ कुता स्थित सिता आधारभुत विद्यालयलाई माद्यामिक तह, कक्षा ९ र १०सम्म संचालन गर्नका लागि आर्थिक संकलन अभियान थालिएको वडा सदस्य तुल बहादुर पछाई क्षेत्रीले जानकारी दिए ।
२०१८ सालमा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्म पढाई हुदै आएको छ । आगामी शैक्षिक शत्रदेखी कक्षा ९र१० सम्म पढाई संचालन गर्ने उद्देश्यले अहिलेदेखीनै आर्थिक संकलन अभियान थालिएको उनले बताए ।
गाउँमै माद्यामिक तहसम्मको पढाई नहुदा विद्यार्थीहरुलाई समस्या भएको थियो । हाल विद्यार्थीहरु कक्षा ९र१० पढ्नको लागि करिब दुई घण्टाको बाटो हिडेर सत्य मावी तुसारा जान बाध्य छन् । विद्यार्थीहरुमा सहज शिक्षाको पहुचँ पुर्याउने उद्देश्यले अभिभावक र विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै आधारभुत तहबाट माद्यामिक तहसम्म संचालन गर्न थालिएको प्राध्यानाध्यापक त्रीभुवन कवरले बताएका छन् । हाल सम्म स्थानीयवासी र अन्य सहयोगी दाताहरुबाट करिब ३ लाख बराबरको रकम संकलन भईसकेको सदस्य पछाईले  बताए ।  झिमरुक गाउँपालिका वडा नं.७ कुता क्षेत्रका करिब ३सय३६जना विद्यार्थीहरु सिता आधारभुत विद्यालयमा अध्ययनरत् छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...