News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एकाएक एम्बुलेन्सहरु साइरन बजाउदै गुड्न थालेपछी

बोम बहादुर परियार११ माघ २०७९
७१५ पटक
११ माघ २०७९

बुधबार, विहानको ११ बजेको थियो । प्यूठान अस्पतालबाट एम्बुलेन्सहरु एकाएक कुद्न थाले ।
कतिपय एम्बुलेन्सहरु बाग्दुला तर्फ लागे त कतिपय क्वाडी तर्फ । स्थानीयहरु समेत अचम्मीत भए । एम्बुलेन्स बाट निस्केको दुखलाग्दो धुनले मानीसहरुलाई आतंकित बनायो । त्यो दृष्य हेर्नेको लागि मानिसहरु बाटोमा ताँति लागेका थिए । तर त्यो दृष्यको अर्थ फरक थियो । दिनरात बिरामीको सेवामा खटिरहने एम्बुलेन्स चालकहरु खुसी देखिन्थे । उनीहरुको पहिरन पनि एउटै थियो ।
जिल्लाभरका करिव दुइ दर्जन एम्बुलेन्स र चालकहरु बुधबार विजुवारमा भेला भएका थिए । संयु क्त एम्बुलेन्स चालक संघ नेपालको बुधवार ८ औ स्थापना दिवस थियो । प्यूठानमा सोही दिवसको अवसरमा एम्बुलेन्स ¥याली समेत निकालिएको थियो । दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी प्यूठान अस्पतालका ५० भन्दा बढि विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।


संयुक्त एम्बुलेन्स चालक संघ प्यूठानका अध्यक्ष विर बहादुर केसीको अध्यक्षता र प्यूठान अस्पतालका निमित्त प्रमुख खिम प्रसाद पार्धेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै अस्पतालका निमित्त प्रमुख खिम प्रसाद पार्धेले एम्बुलेन्स चालक र अस्पतालको नङ र मासुको संम्वन्ध रहेको भन्दै विरामीहरुको सेवामा एम्वलुलेन्स चालक चनाखो भएर लाग्नु पर्ने बताएका छन । साथै उनीहरु एउटा चालक मात्र नभएर विरामीहरुलाई बचाउनका लागि डाक्टर समेत रहेको उनले बताए । उनले जिल्लाका एम्बुलेन्सहरु प्राय मापदण्ड विपरित चल्दै आएको हुनाले सबैलाई नियमानुसार सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । साथै कार्यक्रममा वोल्दै पार्धेले प्यूठान अस्पतालमा बुधबारदेखी अस्पताल प्रमुखको जिम्मेवारी समहाल्न डा।प्रमिला खनाल आएको बताए ।


त्यस्तै प्यूठान अस्पतालका लागि एमबुलेन्स चालकहरुले फोहोर फाल्ने बाल्टी र बाटा समेत सहयोग गरेको संघका अध्यक्ष विर बहादुर केसीले बताएका छन् । त्यस्तै एम्बुलेन्स चालक संघका केन्द्रिय सदस्य शुसील केसीले एम्बुलेन्स चालकहरुको पिडा सम्बन्धित निकायले बुझ्नुपर्ने बताए । त्यस्तै नेपाल रेडक्रस सोसाईटी प्यूठानका सभापती गुमानराज पुलामीले एम्बुलेन्सहरुलाई स्तरोउन्ती गरी सञ्चालनमा ल्याउन आग्रह गर्दै नियम विपरित चलाएमा कारबाही गरिने उनले बताए ।


जिल्ला अस्पताल परिसरमा सञ्चालन गरिएको कार्यक्रममा अथितीहरु डा। पारुल खड्का, डा।प्रमिला खनाल, डा।रतन सुवेदी, अस्पतालका नर्सिङ इन्चार्ज प्रतिमा भटट्ठराई र डाक्टर धर्मराज चौधरी,  स्थानिय महेस कक्षपति , प्रकाश कर्माचार्य लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन राजकुमार रसाइलीले गरेका थिए ।
दिवस सम्पन्न गर्नका लागि सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवल , लुम्बिनी सिटी हस्पिटल बुटवल र निमतारा पोली क्लिनिक बिजुवारले सहयोग गरेको एम्बुलेन्स चालक सुरेस केसीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...