News Portal

रेडियो सुन्नुहोस्

चाडपर्वमा यात्रा सहज बनाउन प्यूठानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन

सागर रिजाल प्युठान,१५ असोज ।
१४८८ पटक
प्युठान,१५ असोज ।

प्युठानमा यात्रुहरुलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आई पर्ने समस्या सम्वोधन गर्न प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

चाडपर्व नजिकिदै जादा लामो तथा छोटो दुरीका सवारी साधन नपाएर यात्रु अलपत्र पर्ने, यातायात व्यवसायीले तोकीएको भन्दा वढी भाडा असुल गर्ने, क्षमता भन्दा वढी यात्रु राखी सवारी चलाई दुर्घटना निम्ताउने समस्या तथा गुनासाहरुलाई समाधान गर्न प्रहरीले प्युठानको माण्डवी गाउँपालिका –३ जस्पुर र प्युठान नगरपालिका–७ बाग्दुलामा यात्रु सहायता कक्ष सोमबारबाट सञ्चालनमा ल्याईएको हो ।

यात्रा गर्दा हुने समस्या तथा गुनासो भएमा हामीलाई सम्झनुहोस भन्दै यो कक्ष सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो,‘यात्रुलाई भाडा वढी लिने, तोकीए अनुसारको स्थानमा नपु¥याउने, महिला संवेदनशिल जस्ता विषयमा समस्या परेमा प्रहरीलाई खबर गर्नुहोस । ’ उहाँका अनुसार यात्रुलाई पर्ने जस्तोसुकै कठिनाईमा प्रहरी सहयोग गर्न तत्पर छ । यात्रुको मुख्य समस्यालाई ख्याल गर्दै यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको प्रहरी प्रमुख बुढाथोक्ीको भनाई छ ।

चाडपर्वमा यात्रुको आवातजावत गर्ने संख्या वढी हुँदा आपराधिक घटना समेत वढने गरेकोले कक्ष सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘यात्रुलाई पर्ने कठिनाईलाई सम्बोधन गर्न यो कदम थालिएको हो ।’ समुदायमा हुने हरेक खाले अपराधिक घट्ना कम गर्न स्वयंम समुदायले नै सहयोग गर्ने गरेको भन्दै नियमित यो सहयोगको अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

यात्रुलाई आईपर्ने समस्यालाई हल गर्न प्रहरीले सञ्चालन गरेको यात्रु सहायता कक्ष सहयोगी हुने प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले बताउनुभयो । उहाँले भन्नुभयो,‘ यात्रु सहायता कक्षले यात्रुलाई सहयोग पु्ग्ने विश्वास लिएको छु । ’
यात्रुहरुलाई यात्रा गर्दा कुनै समस्या परेमा तत्काल सहायता कक्ष तथा जिल्ला प्रहरी कार्यालय प्युठानको कन्ट्रोल रुमको सम्पर्क नं ०८६–४२००४९ वा १०० मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...