News Portal

रेडियो सुन्नुहोस्

चाडपर्वमा यात्रा सहज बनाउन प्यूठानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन

सागर रिजाल प्युठान,१५ असोज ।
१६३८ पटक
प्युठान,१५ असोज ।

प्युठानमा यात्रुहरुलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आई पर्ने समस्या सम्वोधन गर्न प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

चाडपर्व नजिकिदै जादा लामो तथा छोटो दुरीका सवारी साधन नपाएर यात्रु अलपत्र पर्ने, यातायात व्यवसायीले तोकीएको भन्दा वढी भाडा असुल गर्ने, क्षमता भन्दा वढी यात्रु राखी सवारी चलाई दुर्घटना निम्ताउने समस्या तथा गुनासाहरुलाई समाधान गर्न प्रहरीले प्युठानको माण्डवी गाउँपालिका –३ जस्पुर र प्युठान नगरपालिका–७ बाग्दुलामा यात्रु सहायता कक्ष सोमबारबाट सञ्चालनमा ल्याईएको हो ।

यात्रा गर्दा हुने समस्या तथा गुनासो भएमा हामीलाई सम्झनुहोस भन्दै यो कक्ष सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो,‘यात्रुलाई भाडा वढी लिने, तोकीए अनुसारको स्थानमा नपु¥याउने, महिला संवेदनशिल जस्ता विषयमा समस्या परेमा प्रहरीलाई खबर गर्नुहोस । ’ उहाँका अनुसार यात्रुलाई पर्ने जस्तोसुकै कठिनाईमा प्रहरी सहयोग गर्न तत्पर छ । यात्रुको मुख्य समस्यालाई ख्याल गर्दै यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको प्रहरी प्रमुख बुढाथोक्ीको भनाई छ ।

चाडपर्वमा यात्रुको आवातजावत गर्ने संख्या वढी हुँदा आपराधिक घटना समेत वढने गरेकोले कक्ष सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘यात्रुलाई पर्ने कठिनाईलाई सम्बोधन गर्न यो कदम थालिएको हो ।’ समुदायमा हुने हरेक खाले अपराधिक घट्ना कम गर्न स्वयंम समुदायले नै सहयोग गर्ने गरेको भन्दै नियमित यो सहयोगको अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

यात्रुलाई आईपर्ने समस्यालाई हल गर्न प्रहरीले सञ्चालन गरेको यात्रु सहायता कक्ष सहयोगी हुने प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले बताउनुभयो । उहाँले भन्नुभयो,‘ यात्रु सहायता कक्षले यात्रुलाई सहयोग पु्ग्ने विश्वास लिएको छु । ’
यात्रुहरुलाई यात्रा गर्दा कुनै समस्या परेमा तत्काल सहायता कक्ष तथा जिल्ला प्रहरी कार्यालय प्युठानको कन्ट्रोल रुमको सम्पर्क नं ०८६–४२००४९ वा १०० मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...