News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा सीप विकास तालिम सञ्चालन

बिबश जि एम१४ माघ २०७९
५५९ पटक
१४ माघ २०७९

नौवहिनी गाउँपालिका, प्यूठानले स्थानीय युवाहरुलाई काठको भाँडा वनाउने तालिम दिन थालेको छ । नौबहिनी गाउँपालिका प्यूठानको आर्थिक सहयोगमा इभान इन्जिनियर्स एण्ड कष्ट्रक्सन को आयोजनामा तालिम सञ्चालन भएको हो ।
पछिल्लो समय प्लाष्टिकका भाँडाहरु बढी मात्रामा प्रयोग हुँदै आएपछि काठका भाँडाहरु लोप हुँदै गएका छन् । सोही अनुरुप परम्परागत रुपमा रहेको यो पेशालाई व्यवसायिकरण गर्न गाउँपालिकाले लक्षित बर्गका समुदायका लागि तालिम गराएको इभान इन्जिनियर्स एण्ड कष्ट्रक्सनका सञ्चालक पारस भण्डारीले बताए । गाउँमै बसेर पेशा अगांल्न सक्ने यूवाहरुको लागि सीपमुलक तालिम सञ्चालन गरिएको सञ्चालक भण्डारीको भनाइ छ ।

चुँदारा टोलमा रहेका स्थानीयद्धारा धेरै पहिले पहिले काठबाट भाँडाहरु बनाउने गरिन्थ्यो तर हिजोआज त्यो काम विस्तारै लोप हुँदै जान थालेको छ । सो पेशालाई जागरुक बनाउन र लोप हुनबाट बचाउनको लागि तालिम अगाडी सारिएको ८ नं वडा अध्यक्ष मान बहादुर के.सी ले बताए । गुँरास, गिठी, काउला लगायतका काठबाट घ्यू राख्न मिल्ने हर्पे, महि राख्न चाहिने ठेकी, कोसी लगायतका भाँडाकुडाहरु बनाउदै आएका छन् । व्यवसायिक रुपमा बनाएका भाँडाहरुले बजार पाउन नसकेको समयमा वडाले बजार व्यवस्थापनको लागि सहयोग गर्ने समेत बताएको छ । साथै तालिममा सहभागिहरुले सिकेका सीपलाई व्यवसायिक रुपमा निरन्तर दिन सकेको खण्डमा एकरुपता बनाएर वडाबाट हुने सहयोग सधै रहने अध्यक्ष के.सी ले जानकारी दिए । तालिम १० गतेदखी २४ गते सम्म १५ दिनको रहने भएको छ । तालिममा १० जना सहभागि भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...