News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा सीप विकास तालिम सञ्चालन

बिबश जि एम१४ माघ २०७९
८०० पटक
१४ माघ २०७९

नौवहिनी गाउँपालिका, प्यूठानले स्थानीय युवाहरुलाई काठको भाँडा वनाउने तालिम दिन थालेको छ । नौबहिनी गाउँपालिका प्यूठानको आर्थिक सहयोगमा इभान इन्जिनियर्स एण्ड कष्ट्रक्सन को आयोजनामा तालिम सञ्चालन भएको हो ।
पछिल्लो समय प्लाष्टिकका भाँडाहरु बढी मात्रामा प्रयोग हुँदै आएपछि काठका भाँडाहरु लोप हुँदै गएका छन् । सोही अनुरुप परम्परागत रुपमा रहेको यो पेशालाई व्यवसायिकरण गर्न गाउँपालिकाले लक्षित बर्गका समुदायका लागि तालिम गराएको इभान इन्जिनियर्स एण्ड कष्ट्रक्सनका सञ्चालक पारस भण्डारीले बताए । गाउँमै बसेर पेशा अगांल्न सक्ने यूवाहरुको लागि सीपमुलक तालिम सञ्चालन गरिएको सञ्चालक भण्डारीको भनाइ छ ।

चुँदारा टोलमा रहेका स्थानीयद्धारा धेरै पहिले पहिले काठबाट भाँडाहरु बनाउने गरिन्थ्यो तर हिजोआज त्यो काम विस्तारै लोप हुँदै जान थालेको छ । सो पेशालाई जागरुक बनाउन र लोप हुनबाट बचाउनको लागि तालिम अगाडी सारिएको ८ नं वडा अध्यक्ष मान बहादुर के.सी ले बताए । गुँरास, गिठी, काउला लगायतका काठबाट घ्यू राख्न मिल्ने हर्पे, महि राख्न चाहिने ठेकी, कोसी लगायतका भाँडाकुडाहरु बनाउदै आएका छन् । व्यवसायिक रुपमा बनाएका भाँडाहरुले बजार पाउन नसकेको समयमा वडाले बजार व्यवस्थापनको लागि सहयोग गर्ने समेत बताएको छ । साथै तालिममा सहभागिहरुले सिकेका सीपलाई व्यवसायिक रुपमा निरन्तर दिन सकेको खण्डमा एकरुपता बनाएर वडाबाट हुने सहयोग सधै रहने अध्यक्ष के.सी ले जानकारी दिए । तालिम १० गतेदखी २४ गते सम्म १५ दिनको रहने भएको छ । तालिममा १० जना सहभागि भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...