News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने

२०७९माघ२०प्यूठान ।
५१२ पटक
२०७९माघ२०प्यूठान ।

यहि फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ मा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । स्वास्थ्य शिविर व्यवस्थापन समितिले महोत्सव अवधिमा ४ गतेदेखि १० गतेसम्म शिविर संचालन गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्यूठान उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रेशम के.सी.ले जानकारी दिए । लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.लि. बुटवलसँगको सहकार्यमा शिविर संचालन गरिने उनले बताए ।
शिविरमा विरामी जाँच, ल्याव, एक्स–रे, औषधी लगायतका सुविधा निःशुल्क प्रदान गरिने लुम्बिनी सिटी अस्पतालका सञ्चालक बसन्त जिसीले बताए । प्रत्येक दिन फरक फरक क्षेत्रका विशेषज्ञ सेवा उपलब्ध गराउने उनले जानकारी दिए । शिविर व्यवस्थापनका लागि विजय फूलवारी बचत तथा ऋण सहकारी संस्थाले समेत सहकार्य गरेको छ । शिविरमा खटिने स्वास्थ्यकर्मी सहितको जनशक्तिलाई आवास तथा खानाको व्यवस्था सहकारी मार्फत हुने सहकारीका व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिए। महोत्सव स्थलमै स्वास्थ्य शिविर संचालन हुने भएकाले प्रवेशका लागि भने टिकट अनिवार्य रहेको महोत्सव सचिवालयले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...