News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने

२०७९माघ२०प्यूठान ।
८४४ पटक
२०७९माघ२०प्यूठान ।

यहि फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ मा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । स्वास्थ्य शिविर व्यवस्थापन समितिले महोत्सव अवधिमा ४ गतेदेखि १० गतेसम्म शिविर संचालन गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्यूठान उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रेशम के.सी.ले जानकारी दिए । लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.लि. बुटवलसँगको सहकार्यमा शिविर संचालन गरिने उनले बताए ।
शिविरमा विरामी जाँच, ल्याव, एक्स–रे, औषधी लगायतका सुविधा निःशुल्क प्रदान गरिने लुम्बिनी सिटी अस्पतालका सञ्चालक बसन्त जिसीले बताए । प्रत्येक दिन फरक फरक क्षेत्रका विशेषज्ञ सेवा उपलब्ध गराउने उनले जानकारी दिए । शिविर व्यवस्थापनका लागि विजय फूलवारी बचत तथा ऋण सहकारी संस्थाले समेत सहकार्य गरेको छ । शिविरमा खटिने स्वास्थ्यकर्मी सहितको जनशक्तिलाई आवास तथा खानाको व्यवस्था सहकारी मार्फत हुने सहकारीका व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिए। महोत्सव स्थलमै स्वास्थ्य शिविर संचालन हुने भएकाले प्रवेशका लागि भने टिकट अनिवार्य रहेको महोत्सव सचिवालयले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...