News Portal

रेडियो सुन्नुहोस्

मान्डवि गाउँपालिका ३ का विभिन्न स्थानमा सम्पन्न एक हजार मिटर पक्कि कुलो तथा सार्वजनिक धारो निर्माणको अनुगमन

बिबश जि एम२१ माघ २०७९
७५६ पटक
२१ माघ २०७९

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत मान्डवि गाउँपालिका ३ मा सम्पन्न भएका एक हजार मिटर पक्कि कुलो तथा सार्वजनिक धारो निर्माणको अनुगमन गरिएको छ । शनिबार ३ नं वडा अध्यक्ष सहितको टोलिले हो । यो आर्थिक बर्षमा मार्सिवाङमा ६ सय मिटर, नयाँ गाउँको फाँटमा २ सय ३० मिटर, दारिमचौरमा ९० र जावुनेमा ८० गरि कुल एक हजार मिटरको कुलो सम्पन्न भएको छ ।
त्यस्तै यसै आर्थिक बर्षमा नै जीर्ण अवस्थामा रहेको जावुने बाटो छेउमै रहेको धाराको समेत प्रधानमन्त्री स्वरोजगार कार्य बाट नै निर्माण गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । स्वर्गद्वारी घुम्न जाने तिर्थालु समेत सोही धारोको बाटो हुँदै जाने र त्यही नै थकान मेटाउन, नास्ता खानको लागि बस्ने गर्दछन् त्यसले पनि यो क्षेत्रलाई प्रभाव पार्न सक्ने भन्दै धारो मर्मत गरिएको कार्कीको भनाइ छ । पहिलेको भन्दा यो बर्ष स्वरोजगार कार्यक्रमबाट विकासको सफलता पाएको महसुस गरेको पनि उनले बताए ।

त्यस्तै सबै कार्यहरु स्वरोजगार बाट हुन सक्ने संभावन नभएपछि वडाले मेट्रियल किन्नको लागि पालिकामा बजेटको माग गरेको थियो । सोहि बजेट पालिकाबाट अनुमोदन भएपछि काम गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । पहिले कुलो नाला मात्र सफा गर्दै गर्दा विकासको महसुस गर्न नसकिए पछि अहिले केही मात्रामा कामलाई परिमार्जन गर्दै यस्ता काम गर्दा विकासको संभावना देखिएकाले सोही कामलाई अगाडी बढाइएको वडा अध्यक्ष काकीले बताए

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...