News Portal

रेडियो सुन्नुहोस्

मान्डवि गाउँपालिका ३ का विभिन्न स्थानमा सम्पन्न एक हजार मिटर पक्कि कुलो तथा सार्वजनिक धारो निर्माणको अनुगमन

बिबश जि एम२१ माघ २०७९
९०१ पटक
२१ माघ २०७९

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत मान्डवि गाउँपालिका ३ मा सम्पन्न भएका एक हजार मिटर पक्कि कुलो तथा सार्वजनिक धारो निर्माणको अनुगमन गरिएको छ । शनिबार ३ नं वडा अध्यक्ष सहितको टोलिले हो । यो आर्थिक बर्षमा मार्सिवाङमा ६ सय मिटर, नयाँ गाउँको फाँटमा २ सय ३० मिटर, दारिमचौरमा ९० र जावुनेमा ८० गरि कुल एक हजार मिटरको कुलो सम्पन्न भएको छ ।
त्यस्तै यसै आर्थिक बर्षमा नै जीर्ण अवस्थामा रहेको जावुने बाटो छेउमै रहेको धाराको समेत प्रधानमन्त्री स्वरोजगार कार्य बाट नै निर्माण गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । स्वर्गद्वारी घुम्न जाने तिर्थालु समेत सोही धारोको बाटो हुँदै जाने र त्यही नै थकान मेटाउन, नास्ता खानको लागि बस्ने गर्दछन् त्यसले पनि यो क्षेत्रलाई प्रभाव पार्न सक्ने भन्दै धारो मर्मत गरिएको कार्कीको भनाइ छ । पहिलेको भन्दा यो बर्ष स्वरोजगार कार्यक्रमबाट विकासको सफलता पाएको महसुस गरेको पनि उनले बताए ।

त्यस्तै सबै कार्यहरु स्वरोजगार बाट हुन सक्ने संभावन नभएपछि वडाले मेट्रियल किन्नको लागि पालिकामा बजेटको माग गरेको थियो । सोहि बजेट पालिकाबाट अनुमोदन भएपछि काम गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । पहिले कुलो नाला मात्र सफा गर्दै गर्दा विकासको महसुस गर्न नसकिए पछि अहिले केही मात्रामा कामलाई परिमार्जन गर्दै यस्ता काम गर्दा विकासको संभावना देखिएकाले सोही कामलाई अगाडी बढाइएको वडा अध्यक्ष काकीले बताए

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...