News Portal

रेडियो सुन्नुहोस्

आगलागी पिडितलाई राहत वितरण

बिबश जि एम०१ फागुन २०७९
९३० पटक
०१ फागुन २०७९

जिवाबती सामुदायिक विपद ब्यवस्थापन समिति द्वारा आगलागी पिडितलाई राहत वितरण गरेको छ । दाल, चामल, तेल लगायतका समाग्री लिएर मानवताको हिसाबले सहयोगको भावना बोकेर उनिहरुलाई केही हदसम्म भएपनि राहतको महसुस होस भनी हाम्रो समितिले सहयोग गरेको हो, जिवाबती सामुदायिक विपद ब्यवस्थापन समिति अध्यक्ष पाठकको भने ।

विपद पूर्व तयारी, हामी सबैको जिम्मेवारी भन्ने नारालाई आत्मासाथ गर्दै सानो भए पनि सहयोगलाई अगाडी सारेको अध्यक्ष पाठकको भनाई छ । गत माघ २७ गते साँझ केशव गन्धर्वको घरमा विद्युत सर्ट भई आगलागी भएको थियो । त्यस आगलागीबाट गन्धर्वको घर र गोठ जलेर सबै नष्ट भएको छ ।

घर र गोठ, लत्ताकपडा देखी लिएर खाद्यान्न समेत जलेर करिब पाँच लाख बराबरको क्षेति भएको अध्यक्ष हेमन्त पाठकले जानकारी दिए ।

वडाले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै सहयोग नआएको पिडितको गुनासो छ । उनिहरु हाल पहिलेको पुरानो घरमा बस्दै आएका छन् ।

उता वडाले भने पिडित पक्षको अनुगमन गरिसकेको र सहयोगको लागि वडा लागि परेको ३ नं वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताए ।

उनले भने नगरपालिकामा समेत बातावरण तथा विपद व्यवस्थापन सम्बन्धि शाखा भएको भन्दै त्यहाँबाट पनि सहयोग हुने बताएका छन् । हाललाई ट्रिपाल लगायतका सामान उपलब्ध गराएको र त्यसको लागि अन्य सरकारी कार्यालयलाई समेत सहयोगको लागि अनुरोध गरेको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...