News Portal

रेडियो सुन्नुहोस्

महिला हिंसा विरुद्ध ३ दिने कार्यक्रम माझकोटमा सुरु

बिबश जि.एम१९ फागुन २०७९
४९६ पटक
१९ फागुन २०७९

महिला हिंसा विरुद्ध प्रहरी साझेदारी कार्यक्रम प्यूठान नगरपालिका ६ माझकोटमा आजबाट सुरु भएको छ ।

स्थानीय महिलाहरुलाई सशक्तिकरण र सुसुचित गराउनको लागि यो कार्यक्रम सुरु गरिएको वडा सचिव सुमन पुन मगरले बताइन ।

कार्यक्रमको सहजिकरणका लागि स्थानीय सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था ले जिम्मा लिएको छ ।

कार्यक्रममा महिला हिंसा, त्यसको न्यूनिकरण र त्यसले महिलाहरुमा पार्ने असर, घरेलु हिंसा लगायतका बिषयहरु समेटिएका वडा सचिव पुनले जानकारी दिइन ।

संस्थाले वडाको प्रत्येक टोलटोलमा गएर जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ भने आज ६ नं वडाको काफलबुटा र खोलिगाउँमा सम्पन्न गरेको छ ।

कार्यक्रम तीन दिनसम्म चल्ने सचिव पुनले बताइन ।

सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सावित्रा पोख्रेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव अमृता भण्डारीले गरेकी थिइन।

कार्यक्रममा वडा सदस्यहरु अस्थाई प्रहरी पोष्ट बाग्दुलाका प्रहरी प्रतिनिधी, संस्थाका सदस्यहरु, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...