News Portal

रेडियो सुन्नुहोस्

महिला हिंसा विरुद्ध ३ दिने कार्यक्रम माझकोटमा सुरु

बिबश जि.एम१९ फागुन २०७९
७६५ पटक
१९ फागुन २०७९

महिला हिंसा विरुद्ध प्रहरी साझेदारी कार्यक्रम प्यूठान नगरपालिका ६ माझकोटमा आजबाट सुरु भएको छ ।

स्थानीय महिलाहरुलाई सशक्तिकरण र सुसुचित गराउनको लागि यो कार्यक्रम सुरु गरिएको वडा सचिव सुमन पुन मगरले बताइन ।

कार्यक्रमको सहजिकरणका लागि स्थानीय सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था ले जिम्मा लिएको छ ।

कार्यक्रममा महिला हिंसा, त्यसको न्यूनिकरण र त्यसले महिलाहरुमा पार्ने असर, घरेलु हिंसा लगायतका बिषयहरु समेटिएका वडा सचिव पुनले जानकारी दिइन ।

संस्थाले वडाको प्रत्येक टोलटोलमा गएर जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ भने आज ६ नं वडाको काफलबुटा र खोलिगाउँमा सम्पन्न गरेको छ ।

कार्यक्रम तीन दिनसम्म चल्ने सचिव पुनले बताइन ।

सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सावित्रा पोख्रेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव अमृता भण्डारीले गरेकी थिइन।

कार्यक्रममा वडा सदस्यहरु अस्थाई प्रहरी पोष्ट बाग्दुलाका प्रहरी प्रतिनिधी, संस्थाका सदस्यहरु, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...