News Portal

रेडियो सुन्नुहोस्

मोटरसाइकल र जेसिबि एकआपसमा ठोक्किदा प्यूठानमा एक पुरुषको मृत्यु

बिबश जि.एम२० फागुन २०७९ प्यूठान
४९६ पटक
२० फागुन २०७९ प्यूठान

प्यूठानमा आज शनिबार बिहान १०:४५ बजे मोटरसाइकल र जेसिबि एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको माण्डवी गाउँपालिका ५ आपचौरमा काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबिमा बरौंलाबाट बिजुवार तर्फ आउदै गरेको लु २१ प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
ऐरावती गाउँपालिका २ हरियाटारी बस्ने ४५ बर्षका राम बहादुर थापा (गोपाल) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मोटरसाइकल पछाडी बसेका ऐरावती गाउँपालिका ४ घर भएकी बसन्ता आचार्य (भुषाल) घाइते भइ उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।
जेसिबि चालक झिमरुक गाउँपालिका ४ कुटिचौरका जीवन श्रेष्ठ र जेसिबि इलाका प्रहरी कार्यालय बिजुवारको नियन्त्रणमा रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...