News Portal

रेडियो सुन्नुहोस्

मोटरसाइकल र जेसिबि एकआपसमा ठोक्किदा प्यूठानमा एक पुरुषको मृत्यु

बिबश जि.एम२० फागुन २०७९ प्यूठान
८५४ पटक
२० फागुन २०७९ प्यूठान

प्यूठानमा आज शनिबार बिहान १०:४५ बजे मोटरसाइकल र जेसिबि एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको माण्डवी गाउँपालिका ५ आपचौरमा काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबिमा बरौंलाबाट बिजुवार तर्फ आउदै गरेको लु २१ प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
ऐरावती गाउँपालिका २ हरियाटारी बस्ने ४५ बर्षका राम बहादुर थापा (गोपाल) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मोटरसाइकल पछाडी बसेका ऐरावती गाउँपालिका ४ घर भएकी बसन्ता आचार्य (भुषाल) घाइते भइ उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।
जेसिबि चालक झिमरुक गाउँपालिका ४ कुटिचौरका जीवन श्रेष्ठ र जेसिबि इलाका प्रहरी कार्यालय बिजुवारको नियन्त्रणमा रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...