News Portal

रेडियो सुन्नुहोस्

जातीय विभेद हटाउन साेँच परिवर्तन गर्नु पर्ने तर्क

मधुसुदन पाेख्रेलचैत्र ७
८४८ पटक
चैत्र ७

प्यूठान
पछिल्लो समय जातीय मुद्धाका विषयमा सम्वन्धीत क्षेत्रमा खासै प्रभाव नदेखीयता पनि सरोकारवाला भने सकारात्मक देखिन्छन । ५८ औँ अन्तराष्ट्रिय जातिय रंगभेद उन्मुलन दिवश एक कार्यक्रमका विच प्यूठानमा मनाइएको छ ।
गौमुखी गाउँपालिका कि निर्वतमान उपाध्यक्ष तुल्सी सुनारले आफ्नो कार्यकालमा विभेदका कुरा केहि कम भएको अनुभव सुनाइन । उनि उपाध्यक्ष हुँदा र नहुँदाको छुवाछुत भेदभाव फरक रहेको बताउछिन । उनले भनिन “आफु गाउँपालिकाको उपाध्यक्ष भैरहदा सवै कुराको अनुभव त गर्न पाइन तर उपाध्यक्ष भए पछि समाजले फरक दृष्टिले हेरेको छ ” ।
त्यस्तै दलित जनप्रतिनीहरुको पनि निति निर्माण र अगुवा भएर गाउँमा काम गर्दा केहि हद सम्म छुवाछुत प्रथा कम भएको बताउछन । जिल्लामा छुवाछुत प्रथा कम भएको र यसलाई अन्त्य गर्नका लागि सवैको सोच परिवर्तन हुनु पर्ने दलित अगुवाहरु बताउछन ।
दलितहरुको मुद्दामा दलित दलितहरुबिच मतभेत नराखी एक हुनु पर्ने प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालको भनाई छ । कानुनी र प्रशासनीक रुपमा दलितका हक अधिकार समेटिएको हुँदा यसलाई कार्यान्वयनमा लग्नु पर्ने अर्यालले बताए ।
दलितका हक हितका लागि स्थानीय सरकार पनि सकारात्मक रहेको प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगि बताउछन । स्थानीय तहमा दलितहरुको सहभागिताले समाजमा थप प्रभाव भएको उनको भनाई छ ।

हरेक कार्यक्रम हुनेखाने र पहुँचका लागि मात्र भएता पनि सम्वन्धीत क्षेत्रको सहभागिता कम देखिन्छ । दलित पत्रकार महासंघ प्यूठानको आयोजनामा मंगलबार प्यूठानका विभिन्न सरोकारवालको उपस्थीत रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...