News Portal

रेडियो सुन्नुहोस्

जातीय विभेद हटाउन साेँच परिवर्तन गर्नु पर्ने तर्क

मधुसुदन पाेख्रेलचैत्र ७
६८३ पटक
चैत्र ७

प्यूठान
पछिल्लो समय जातीय मुद्धाका विषयमा सम्वन्धीत क्षेत्रमा खासै प्रभाव नदेखीयता पनि सरोकारवाला भने सकारात्मक देखिन्छन । ५८ औँ अन्तराष्ट्रिय जातिय रंगभेद उन्मुलन दिवश एक कार्यक्रमका विच प्यूठानमा मनाइएको छ ।
गौमुखी गाउँपालिका कि निर्वतमान उपाध्यक्ष तुल्सी सुनारले आफ्नो कार्यकालमा विभेदका कुरा केहि कम भएको अनुभव सुनाइन । उनि उपाध्यक्ष हुँदा र नहुँदाको छुवाछुत भेदभाव फरक रहेको बताउछिन । उनले भनिन “आफु गाउँपालिकाको उपाध्यक्ष भैरहदा सवै कुराको अनुभव त गर्न पाइन तर उपाध्यक्ष भए पछि समाजले फरक दृष्टिले हेरेको छ ” ।
त्यस्तै दलित जनप्रतिनीहरुको पनि निति निर्माण र अगुवा भएर गाउँमा काम गर्दा केहि हद सम्म छुवाछुत प्रथा कम भएको बताउछन । जिल्लामा छुवाछुत प्रथा कम भएको र यसलाई अन्त्य गर्नका लागि सवैको सोच परिवर्तन हुनु पर्ने दलित अगुवाहरु बताउछन ।
दलितहरुको मुद्दामा दलित दलितहरुबिच मतभेत नराखी एक हुनु पर्ने प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालको भनाई छ । कानुनी र प्रशासनीक रुपमा दलितका हक अधिकार समेटिएको हुँदा यसलाई कार्यान्वयनमा लग्नु पर्ने अर्यालले बताए ।
दलितका हक हितका लागि स्थानीय सरकार पनि सकारात्मक रहेको प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगि बताउछन । स्थानीय तहमा दलितहरुको सहभागिताले समाजमा थप प्रभाव भएको उनको भनाई छ ।

हरेक कार्यक्रम हुनेखाने र पहुँचका लागि मात्र भएता पनि सम्वन्धीत क्षेत्रको सहभागिता कम देखिन्छ । दलित पत्रकार महासंघ प्यूठानको आयोजनामा मंगलबार प्यूठानका विभिन्न सरोकारवालको उपस्थीत रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...