News Portal

रेडियो सुन्नुहोस्

दाङ र जाजरकोटकाे रावतको क्रान्तिकारी पत्रकार संगठनमा आवद्ध हुन अपिल, विज्ञप्ती यस्ता छन

सिखबर संवाददाताअसोज २०, दाङ
९३९ पटक
असोज २०, दाङ

क्रान्तिकारी पत्रकार संगठन नेपालका २ जिल्ला समितिले डिल्लीराज रावत नेतृत्वमा रहेको केन्द्रिय कमिटीमा गोलबद्ध हुन सबैलाई अपिल गरेका छन ।
आज आ–आफ्नै जिल्लामा बसेका २ छुट्टाछुट्टै बैठकले सम्मेलन पछिको पहिलो पूर्ण बैठकले आधिकारीक र संस्थागत निर्णय गरेर समिति निर्माण गरेको रावतको संगठनलाई सहयोग गर्न अपिल गरेका हुन ।
संगठनका केन्द्रिय अध्यक्ष डिल्लीराज रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगनठका विषयमा भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन । संगठनका अध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षतमा भएको कार्यक्रमको संचालन संगठनका जिल्ला सचिव जंग बहादुर रेउलेले गरेका थिए ।
उता जाजरकोटमा संगठनका केन्द्रिय सदस्य तथा जिल्ला उपाध्यक्ष निर्मला थापाको अध्यक्षता भएको बैठकले त्यस्तो निर्णय गरेको थियो । जिल्ला अध्यक्ष तिर्थ बोहरा पनि संस्थागत संगठनको पक्षमा नै रहे पनि व्यस्तताका कारण बैठकमा उपस्थित नभएकाले थापाको अध्यक्षतामा बैठक बसेको हो ।

विज्ञप्ती

क्रान्तिकारी पत्रकार संगठन, नेपाल
जिल्ला शाखा दाङ

बिषय ः– प्रेस बिज्ञप्ती
क्रान्तिकारी पत्रकार संगठन, नेपाल स्थापना काल देखि नै मिडियाको प्रेस स्वतन्त्रता, आम नागरिकले बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रता, राजनैतिक आस्था र विचारको स्वतन्त्रताका लागि आवाज उठाउँदै आएको संगठन हो । आज भन्दा २४ बर्ष पहिले जारी भएको श्रमजीवी पत्रकार ऐन कार्यन्वयन गर्नुपर्ने माग राख्दै आएको संगठन हो । श्रमजीवी पत्रकारहरुको पेशागत अधिकारका पक्षमा हाम्रो संगठनले आह्वाज उठाउदै आएको कुरा अबगत नै छ । गत भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनको नयाँ संस्करणले प्रेस तथा सञ्चारकर्मीहरुलाई अंकुश लगाउन खोजी रहेको सन्दर्भमा मुलुकी देवानी ९संहिता० ऐन, २०७४, मुलुकी अपराध ९संहिता० ऐन, २०७४ लाई संशोधन गर्नका लागि नेपाल सरकारले गठन गरेको कार्यदलको काममा बल पुग्नेगरि बहस तथा छलफलको घेरालाई अझै फराकिलो बनाउनुपर्ने हाम्रो संगठनले महसुस गरेको छ । यि र यस्तै बिषयमा रहेर यही असोज २० गते क्रान्तिकारी पत्रकार संगठन, नेपाल जिल्ला कार्यसमिति, दाङका कार्यवाहक अध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षमा बसेको बैठकले लिएका निर्णयहरु सार्वजनिकिकरणको लागि यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।
बैठकले लिएका निर्णयहरु निम्न प्रकार रहेका छन् ः–
१० पत्रकारहरुको पेशागत पत्रकारीतालाई जनपक्षीय बनाउन बनाउन सामुहित तथा साझा छलफल चलाउने निर्णय गरिएको छ ।
२० गत भदौ १ गते देखि लागु भएको देवानी ९संहिता० ऐन, २०७४, मुलुकी अपराध ९संहिता० ऐन, २०७४ ले गोपनीयताको कसुरलाई पनि फौजदारी कसुर मान्ने र सरकारवादी मुद्दा हुने प्रावधानका बारेमा फराकिलो तरिकाले बहस गर्ने निर्णय गरिएको छ ।
३० श्रमजिवि पत्रकारका साझा मुद्धामा सबैलाई गोलबन्द गराउनुका साथै मुद्धाहरुको अगुवाई गरेर सरकारलाई दवावमुलक संघर्षका कार्यक्रम संचालन गर्ने ।
४० क्रान्तिकारी पत्रकार संगठन नेपालका विषयमा केहि व्यक्तीहरुले संगठनका नाममा चलाएको अभियानलाई अवैधानीक मान्दै दाङ जिल्ला शाखाले डिल्लीराज रावत अध्यक्ष रहेको केन्द्रीय समितिलाई समर्थन गर्ने निर्णय गर्नुको साथै देशभरिका क्रान्तिकारी पत्रकारसंगठनका सबै साथिहरुलाई डिल्लीराज रावत अध्यक्ष रहेको संगठनमा गोलबन्द हुन अपिल गरिन्छ ।
७० दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्ष चयन हुनुभएकी जानकी दहितले ६ महिना वितिसक्दासम्म पनि बैठक नै नबसाली संगठनका गतिविधिलाई गुम्राहमा पार्दै सामाजिक संजालमा संगठन भित्रका साथीहरुको चरित्रहत्या गर्नुका साथै संगठनको विधान विपरित गएकाले संगठनको साधारण सदस्य समेत नरहने गरि हटाउने निर्णय गर्दै अध्यक्षमा तत्कालिन उपाध्यक्ष सन्तोष कुमार गुप्तालाई चयन गरियो । साथै संगठनमा केहि नयाँ सदस्यहरुको पनि चयन गरिएको छ ।
धन्यवाद ।

.……….                                                                               ………..
जंग बहादुर रेउले                                                             सन्तोष कुमार गुप्ता
सचिव                                                                                  अध्यक्ष

 

क्रान्तिकारी पत्रकार संगठन, नेपाल
जिल्ला शाखा जाजरकोट

बिषय ः– प्रेस बिज्ञप्ती
क्रान्तिकारी पत्रकार संगठन, नेपाल स्थापना काल देखिनै मिडियाको प्रेस स्वतन्त्रता, आम नागरिकले बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रता, राजनैतिक आस्था र विचारको स्वतन्त्रताका लागि आवाज उठाउँदै आएको संगठन हो । आज भन्दा २४ बर्ष पहिले जारी भएको श्रमजीवी पत्रकार ऐन कार्यन्वयन गर्नुपर्ने माग राख्दै आएको संगठन हो । श्रमजीवी पत्रकारहरुको पेशागत अधिकारका पक्षमा हाम्रो संगठनले आह्वाज उठाउदै आएको कुरा अबगत नै छ । गत भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनको नयाँ संस्करणले प्रेस तथा सञ्चारकर्मीहरुलाई अंकुश लगाउन खोजी रहेको सन्दर्भमा मुलुकी देवानी ९संहिता० ऐन, २०७४, मुलुकी अपराध ९संहिता० ऐन, २०७४ लाई संशोधन गर्नका लागि नेपाल सरकारले गठन गरेको कार्यदलको काममा बल पुग्नेगरि बहस तथा छलफलको घेरालाई अझै फराकिलो बनाउनुपर्ने हाम्रो संगठनले महसुस गरेको छ । यि र यस्तै बिषयमा रहेर यही असोज ।।।।।।।।।।गते क्रान्तिकारी पत्रकार संगठन, नेपाल जिल्ला कार्यसमिति, जाजरकोटका उपाध्यक्ष निर्णला थापाको अध्यक्षमा बसेको बैठकले लिएका निर्णयहरु सार्वजनिकिकरणको लागि यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।
बैठकले लिएका निर्णयहरु निम्न प्रकार रहेका छन् ः–
१० मिडियाको प्रेस स्वतन्त्रता, नागरिकले बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रता, राजनैतिक आस्था र विचार स्वतन्त्रताको पक्षमा सबैसंग निरन्तर छलफल चलाउने निर्णय गरिएको छ ।
२० पत्रकारहरुको पेशागत पत्रकारीतालाई जनपक्षीय बनाउन बनाउन सामुहित तथा साझा छलफल चलाउने निर्णय गरिएको छ ।
३० गत भदौ १ गते देखि लागु भएको देवानी ९संहिता० ऐन, २०७४, मुलुकी अपराध ९संहिता० ऐन, २०७४ ले गोपनीयताको कसुरलाई पनि फौजदारी कसुर मान्ने र सरकारवादी मुद्दा हुने प्रावधानका बारेमा फराकिलो तरिकाले बहस गर्ने निर्णय गरिएको छ ।
४० श्रमजीवी पत्रकार ऐन कार्यन्वयन गर्न र समानुपातिक बिज्ञापन प्रणाली लागु गर्न नेपाल सरकारसंग माग राख्ने निर्णय गरिएको छ ।
५० पत्रकारहरुको जीवन बीमा, स्वास्थ्य उपचार, उपकरण खरिदमा छुट अनुदान, पर्व भत्ता, क्षमता विकास तालिमको ब्यबस्था गर्न सरकारसंग माग राख्ने निर्णय गरिएको छ ।
६० क्रान्तिकारी पत्रकार संगठन नेपालका दुई वटा केन्द्रीय समिति भएको अबस्थामा जाजरकोट जिल्ला शाखाले डिल्लीराज रावत अध्यक्ष रहेको केन्द्रीय समितिलाई समर्थन गर्ने निर्णय गर्नुको साथै देशभरिका क्रान्तिकारी पत्रकारसंगठनका सबै साथिहरुलाई डिल्लीराज रावत अध्यक्ष रहेको संगठनमा गोलबन्द हुन अपिल गरिन्छ ।
धन्यवाद ।

………..
निर्मला थापा
उपाध्यक्ष

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...