News Portal

रेडियो सुन्नुहोस्

सहकारी संघले मनायो ६६ औ सहकारी दिवस

बिबश जि.एम२०७९ चैत्र २०,प्यूठान
४२० पटक
२०७९ चैत्र २०,प्यूठान

जिल्ला सहकारी संघ लि. प्यूठानले ६६ औं सहकारी दिवस मनाएको छ ।

दिवसको अवसर पारेर प्यूठान अस्पताल बिजुवारका बिरामीहरुलाई फलफूल वितरण र रक्तदान कार्यक्रम गरेको छ ।

सोमबार बिहान आयोजना गरिएको फलफूल वितरण कार्यक्रममा बोल्दै प्यूठान अस्पताल बिजुवारका निमित्त कार्यालय प्रमुख खिमप्रसाद पार्धेले यो सहकारीले जनताको आर्थिक सुधार गर्नमा ठूलो भुमिका खेलेको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले पछिल्लो समय सहकारीका गतिविधिहरु विवादित भएको भन्दै त्यसलाई समाधान गर्न जिल्लामा छरिएर रहेका सहकारीहरुलाई केन्द्रिकृत गरेर लाग्न जिल्ला सहकारी संघ लाग्नुपर्ने बताए ।

प्यूठान नगरपालिकाका निवर्तमान मेयर अर्जुनकुमार कक्षपतिले सहकारीलाई शुभकामना दिदैं नेपाल सरकारले पनि यी सहकारीहरुलाई महत्व दिएको जानकारी गराए ।


जिल्ला सहकारी संघ लि.प्यूठानका अध्यक्ष सुशिल पोख्रेलले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष पोख्रेलले देशभर ३० हजार संख्यामा रहेका सहकारीहरुले उत्पादनमा बढि जोड दिएर अर्थतन्त्रमा सहयोग पुग्नेगरि काम गर्न थालेको बताए ।

उनले कतिपय ठाउँमा सहकारीहरुले गाउँका यूवाहरुलाई ऋण दिएर विदेश पलायन गराउनमा सघाएको गुनासाहरु आएकाले आफूले त्यसलाइ रोक्न पहल थालेको बताए ।

 

“सहकारीको दिगोपन,स्वनियमन र सुशासन” भन्ने मुल नारा सहित कार्यक्रम सञ्चालन गरिएको थियो ।

जिल्ला सहकारी संघ लि. प्यूठानका अध्यक्ष सुशिल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमा सहकारीमा आवद्ध सदस्य, सञ्चारकर्मी लगायतको उपस्थित थियो ।

फलफूल वितरणपछि माण्डवी गाउँपालिका ३ चकचकेका रनबहादुर बिष्ट, रेशम बिष्ट, प्यूठान नगरपालका २ दाखाक्वाडी र सन्तोष सुनारल रक्तदान गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...