News Portal

रेडियो सुन्नुहोस्

सहकारी संघले मनायो ६६ औ सहकारी दिवस

बिबश जि.एम२०७९ चैत्र २०,प्यूठान
५७३ पटक
२०७९ चैत्र २०,प्यूठान

जिल्ला सहकारी संघ लि. प्यूठानले ६६ औं सहकारी दिवस मनाएको छ ।

दिवसको अवसर पारेर प्यूठान अस्पताल बिजुवारका बिरामीहरुलाई फलफूल वितरण र रक्तदान कार्यक्रम गरेको छ ।

सोमबार बिहान आयोजना गरिएको फलफूल वितरण कार्यक्रममा बोल्दै प्यूठान अस्पताल बिजुवारका निमित्त कार्यालय प्रमुख खिमप्रसाद पार्धेले यो सहकारीले जनताको आर्थिक सुधार गर्नमा ठूलो भुमिका खेलेको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले पछिल्लो समय सहकारीका गतिविधिहरु विवादित भएको भन्दै त्यसलाई समाधान गर्न जिल्लामा छरिएर रहेका सहकारीहरुलाई केन्द्रिकृत गरेर लाग्न जिल्ला सहकारी संघ लाग्नुपर्ने बताए ।

प्यूठान नगरपालिकाका निवर्तमान मेयर अर्जुनकुमार कक्षपतिले सहकारीलाई शुभकामना दिदैं नेपाल सरकारले पनि यी सहकारीहरुलाई महत्व दिएको जानकारी गराए ।


जिल्ला सहकारी संघ लि.प्यूठानका अध्यक्ष सुशिल पोख्रेलले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष पोख्रेलले देशभर ३० हजार संख्यामा रहेका सहकारीहरुले उत्पादनमा बढि जोड दिएर अर्थतन्त्रमा सहयोग पुग्नेगरि काम गर्न थालेको बताए ।

उनले कतिपय ठाउँमा सहकारीहरुले गाउँका यूवाहरुलाई ऋण दिएर विदेश पलायन गराउनमा सघाएको गुनासाहरु आएकाले आफूले त्यसलाइ रोक्न पहल थालेको बताए ।

 

“सहकारीको दिगोपन,स्वनियमन र सुशासन” भन्ने मुल नारा सहित कार्यक्रम सञ्चालन गरिएको थियो ।

जिल्ला सहकारी संघ लि. प्यूठानका अध्यक्ष सुशिल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमा सहकारीमा आवद्ध सदस्य, सञ्चारकर्मी लगायतको उपस्थित थियो ।

फलफूल वितरणपछि माण्डवी गाउँपालिका ३ चकचकेका रनबहादुर बिष्ट, रेशम बिष्ट, प्यूठान नगरपालका २ दाखाक्वाडी र सन्तोष सुनारल रक्तदान गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...