News Portal

रेडियो सुन्नुहोस्

एक दम्पती दैनिक तरकारी लिएर जुम्री बजारमा

बिबश जि.एम२०८० बैशाख ८
३४१ पटक
२०८० बैशाख ८

जुम्री बजारको बाटो छेउँमा रहेको आँपको बुटामुनी सधैजसो तरकारी बिक्रि गर्न एक दम्पती बसेको भेटिन्छन् ।

प्यूठान नगरपालिका ८ का हरि बहादुर र श्रीमती सीमा घर्ती दैनिक तरकारी बिक्री गर्न आलोपालो गरेर यहां आउने गर्दछन् ।

विगत ८ बर्ष देखी नै बिजुवार र जुम्रीमा तरकारी बिक्री गर्दै आएको प्यूठान नगरपालिका ८ खप्रेङकाखोलका ५२ बर्षका हरिले बताए ।

हरिका अनुसार हिजोआज श्रीमतीको हात भाच्चिएको हुँदा अलि समस्या छ ।

२ रोपनी जग्गामा अरु अन्न लगाई बाँकी जग्गामा उनीहरुले तरकारी लागाउने गर्दछन् ।

घर्ती दम्पतीले आफ्नो जग्गाको मात्र तरकारी नलिई छिमेकीको तरकारीहरु समेत खरिद गरेर बेच्न आउछन् ।

बिहानै ५ बजे देखी १० बजेसम्म आफ्नो घरको काममा व्यस्त हुन्छन् । त्यसपछि त्यहाँबाट १० बजेको गाडी चढेर तरकारी लिइ फेरी उहि काममा फर्कन्छन् ।

गाउँबाट संकलन गरि लिएका तरकारीहरु बेच्न बिहान ११ बजेदेखी साँझ ६ बजेसम्म उनी दैनिक आँपको बुटामा भेटिन्छन् ।

उनको घरमा दुई छोरा र दुई छोरी छन् । दैनिक तरकारी बिक्री गरेर मासिक ३० हजार जति कमाउने गरेको हरिले बताए ।

यसैले उनीहरुको ६ परिवारको गुजारा चलेको छ ।

नगरपालिकाले कैयौ पटक किसानको लागि भनेर अनुदान दिए पनि उनीहरुले अहिलेसम्म कुनै अनुदान नपाएको गुनासो गरे ।

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...