News Portal

रेडियो सुन्नुहोस्

एक दम्पती दैनिक तरकारी लिएर जुम्री बजारमा

बिबश जि.एम२०८० बैशाख ८
१००६ पटक
२०८० बैशाख ८

जुम्री बजारको बाटो छेउँमा रहेको आँपको बुटामुनी सधैजसो तरकारी बिक्रि गर्न एक दम्पती बसेको भेटिन्छन् ।

प्यूठान नगरपालिका ८ का हरि बहादुर र श्रीमती सीमा घर्ती दैनिक तरकारी बिक्री गर्न आलोपालो गरेर यहां आउने गर्दछन् ।

विगत ८ बर्ष देखी नै बिजुवार र जुम्रीमा तरकारी बिक्री गर्दै आएको प्यूठान नगरपालिका ८ खप्रेङकाखोलका ५२ बर्षका हरिले बताए ।

हरिका अनुसार हिजोआज श्रीमतीको हात भाच्चिएको हुँदा अलि समस्या छ ।

२ रोपनी जग्गामा अरु अन्न लगाई बाँकी जग्गामा उनीहरुले तरकारी लागाउने गर्दछन् ।

घर्ती दम्पतीले आफ्नो जग्गाको मात्र तरकारी नलिई छिमेकीको तरकारीहरु समेत खरिद गरेर बेच्न आउछन् ।

बिहानै ५ बजे देखी १० बजेसम्म आफ्नो घरको काममा व्यस्त हुन्छन् । त्यसपछि त्यहाँबाट १० बजेको गाडी चढेर तरकारी लिइ फेरी उहि काममा फर्कन्छन् ।

गाउँबाट संकलन गरि लिएका तरकारीहरु बेच्न बिहान ११ बजेदेखी साँझ ६ बजेसम्म उनी दैनिक आँपको बुटामा भेटिन्छन् ।

उनको घरमा दुई छोरा र दुई छोरी छन् । दैनिक तरकारी बिक्री गरेर मासिक ३० हजार जति कमाउने गरेको हरिले बताए ।

यसैले उनीहरुको ६ परिवारको गुजारा चलेको छ ।

नगरपालिकाले कैयौ पटक किसानको लागि भनेर अनुदान दिए पनि उनीहरुले अहिलेसम्म कुनै अनुदान नपाएको गुनासो गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...