News Portal

रेडियो सुन्नुहोस्

बिग्रेको भनिएको प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन नबिग्रिएको पुष्टि (भिडियो सहित)

झुलेनी पोष्ट
६८९ पटक

प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन बिग्रेको भनेर गर्भवती महिलालाई निजी क्लिनिकमा पठाउन थालेको धेरै भयो । अझै पनि अस्पतालमा भिडियो एक्सरे चालु छैन । यसले गर्दा चर्को शुल्क तिरेर गर्भवति महिला अस्पताल बाहिरै भिडियो एक्सरे गर्न बाध्य छन् ।

गर्भवती महिला अफ्ठ्यारा सिढि पार गरेर आउ जाउ गर्नुपर्दा दुख पाइरहेका छन् । अस्पतालमा गत २०७९ असारदेखि मेसिन बिग्रेको भन्दै एक्सरे गर्ने गरिएको छैन । प्यूठान अस्पतालका चिकित्सकले बिग्रेर काम नगर्ने भनेको मेसिनले राम्रोसँग काम गर्ने अवस्थामा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले बताए ।

लामो समय सम्म रेडियोलोजिस्टका रुपमा अनुभवी डा. खनालले शनिवार जिल्ला अस्पताल विजुवारमा बिग्रेको भनिएको मेसिनबाट बिरामीको भिडियो एक्सरे गरेका थिए । स्वास्थ्य सेवा बिभागले २०७४ सालमा १३ लाख ३६ हजार २ सय ४० रुपैयाँ लागत मुल्यको पोर्टेवल भिडियो एक्सरे मेसिन प्यूठान अस्पताललाई प्रदान गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...