News Portal

रेडियो सुन्नुहोस्

बिग्रेको भनिएको प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन नबिग्रिएको पुष्टि (भिडियो सहित)

झुलेनी पोष्ट
९६४ पटक

प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन बिग्रेको भनेर गर्भवती महिलालाई निजी क्लिनिकमा पठाउन थालेको धेरै भयो । अझै पनि अस्पतालमा भिडियो एक्सरे चालु छैन । यसले गर्दा चर्को शुल्क तिरेर गर्भवति महिला अस्पताल बाहिरै भिडियो एक्सरे गर्न बाध्य छन् ।

गर्भवती महिला अफ्ठ्यारा सिढि पार गरेर आउ जाउ गर्नुपर्दा दुख पाइरहेका छन् । अस्पतालमा गत २०७९ असारदेखि मेसिन बिग्रेको भन्दै एक्सरे गर्ने गरिएको छैन । प्यूठान अस्पतालका चिकित्सकले बिग्रेर काम नगर्ने भनेको मेसिनले राम्रोसँग काम गर्ने अवस्थामा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले बताए ।

लामो समय सम्म रेडियोलोजिस्टका रुपमा अनुभवी डा. खनालले शनिवार जिल्ला अस्पताल विजुवारमा बिग्रेको भनिएको मेसिनबाट बिरामीको भिडियो एक्सरे गरेका थिए । स्वास्थ्य सेवा बिभागले २०७४ सालमा १३ लाख ३६ हजार २ सय ४० रुपैयाँ लागत मुल्यको पोर्टेवल भिडियो एक्सरे मेसिन प्यूठान अस्पताललाई प्रदान गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...