News Portal

रेडियो सुन्नुहोस्

भुकम्प प्रतिरोधात्मक घर बनाउने उदेश्य सहित ऐरावतीमा तालिम सुरु

बिबश जि.एम२०८० बैशाख १८
६२१ पटक
२०८० बैशाख १८

भुकम्प प्रतिरोधी घर निर्माणका लागि डकर्मी तालिम ऐरावती गाउँपालिकामा सुरु भएको छ ।

अब बन्ने पछिका घरहरु भुकम्प प्रतिरोधात्मक तरिकाले बनाउने उदेश्य सहित सो तालिम आज सोमबार देखी पर्सि बुधरबासम्म तीन दिन चल्ने भएको हो ।

गाउँमा घर बनाउनका लागि डकर्मी काम गर्दै आइरहेका व्यक्तिहरुको क्षमता अभिबृद्धि तथा उनीहरुले गरिरहेको कामको थप स्तर बढाउनको निमित्त तालिमको आयोजना गरिएको ऐरावती गाउँपालिकाका प्रशासन शाखा प्रमुख श्रीधर भट्टराईले जानकारी दिए ।

तालिममा  २० जनाले सहभागि जनाएका छन् । प्रमुख प्रशिक्षकको रुपमा ईभान इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक पारस भण्डारी रहेका छन् ।

ऐरावती गाउँपालिकाको आर्थिक सहयोग तथा ईभान इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन घोराही दाङको आयोजनामा तालिम सुरु भएको हो ।

ईभान इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक पारस भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि ऐरावती गाउँपालिका कार्यबाहक अध्यक्ष चन्द्र बहादर रोका रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...