News Portal

रेडियो सुन्नुहोस्

भुकम्प प्रतिरोधात्मक घर बनाउने उदेश्य सहित ऐरावतीमा तालिम सुरु

बिबश जि.एम२०८० बैशाख १८
७८९ पटक
२०८० बैशाख १८

भुकम्प प्रतिरोधी घर निर्माणका लागि डकर्मी तालिम ऐरावती गाउँपालिकामा सुरु भएको छ ।

अब बन्ने पछिका घरहरु भुकम्प प्रतिरोधात्मक तरिकाले बनाउने उदेश्य सहित सो तालिम आज सोमबार देखी पर्सि बुधरबासम्म तीन दिन चल्ने भएको हो ।

गाउँमा घर बनाउनका लागि डकर्मी काम गर्दै आइरहेका व्यक्तिहरुको क्षमता अभिबृद्धि तथा उनीहरुले गरिरहेको कामको थप स्तर बढाउनको निमित्त तालिमको आयोजना गरिएको ऐरावती गाउँपालिकाका प्रशासन शाखा प्रमुख श्रीधर भट्टराईले जानकारी दिए ।

तालिममा  २० जनाले सहभागि जनाएका छन् । प्रमुख प्रशिक्षकको रुपमा ईभान इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक पारस भण्डारी रहेका छन् ।

ऐरावती गाउँपालिकाको आर्थिक सहयोग तथा ईभान इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन घोराही दाङको आयोजनामा तालिम सुरु भएको हो ।

ईभान इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक पारस भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि ऐरावती गाउँपालिका कार्यबाहक अध्यक्ष चन्द्र बहादर रोका रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...