News Portal

रेडियो सुन्नुहोस्

अस्पतालमा रहेका बिरामीहरुको लागि फलफूल वितरण

बिबश जि.एम२०८० जेठ ६
७६१ पटक
२०८० जेठ ६

पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानले जिल्ला अस्पतालमा फलफूल वितरण गरेको छ ।

महासंघको २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार एक कार्यक्रमका विच प्यूठान अस्पतालमा रहेका ३१ जना बिरामीहरुका लागि फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले फलफूल वितरणले बिरामीहरुलाई थप हौसला प्रदान गरेकोे बताए ।

अध्यक्ष विष्टले यो पेशागत महासंघ नेपालले अरु संस्था भन्दा फरक तथा बढि सेवा दिदै आएको बताउदै आगामी दिनमा पनि राज्यको अग्रपक्तिमा रहेर सेवा गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रमको समापन गर्दै पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानका अध्यक्ष दल बहादुर के.सीले यो संस्थाले व्यक्तिगत स्वार्थमा हाबी भएकालाई छायामा पार्ने बताए ।

व्यक्तिगत स्वार्थ त्यागी सेवामा समर्पण हुने गरि संस्थाले काम गरिरहेको र गर्ने पनि अध्यक्ष के.सी को भनाई थियो ।

साथै जिल्लामा थुप्रै स¥हानिय काम गरेको पनि अध्यक्ष के.सीले दाबी गरेका छन् ।

पेशागत महासंघ नेपाल संस्थाले जिम्मेवारी तथा गुणस्तरीय खालको सेवा, पेशाकर्मीको सुरक्षा तथा हकहितमा रहेर काम गर्ने, र समाज सेवामा तत्परताका साथ लाग्ने गरि यी ३ मिसन लिएर अगाडी बढेको बताए ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका जिल्ला कमिटी अध्यक्ष खिम प्रसाद पार्धेले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमो सञ्चालन पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानका सचिव गोपालय बिष्टले गरेका थिए ।

कार्यक्रममा प्रथम सम्मेलनबाट प्रदेश कमिटी सदस्यमा चयन भएका मोहन विक्रम के.के लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...