News Portal

रेडियो सुन्नुहोस्

अस्पतालमा रहेका बिरामीहरुको लागि फलफूल वितरण

बिबश जि.एम२०८० जेठ ६
४९२ पटक
२०८० जेठ ६

पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानले जिल्ला अस्पतालमा फलफूल वितरण गरेको छ ।

महासंघको २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार एक कार्यक्रमका विच प्यूठान अस्पतालमा रहेका ३१ जना बिरामीहरुका लागि फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले फलफूल वितरणले बिरामीहरुलाई थप हौसला प्रदान गरेकोे बताए ।

अध्यक्ष विष्टले यो पेशागत महासंघ नेपालले अरु संस्था भन्दा फरक तथा बढि सेवा दिदै आएको बताउदै आगामी दिनमा पनि राज्यको अग्रपक्तिमा रहेर सेवा गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रमको समापन गर्दै पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानका अध्यक्ष दल बहादुर के.सीले यो संस्थाले व्यक्तिगत स्वार्थमा हाबी भएकालाई छायामा पार्ने बताए ।

व्यक्तिगत स्वार्थ त्यागी सेवामा समर्पण हुने गरि संस्थाले काम गरिरहेको र गर्ने पनि अध्यक्ष के.सी को भनाई थियो ।

साथै जिल्लामा थुप्रै स¥हानिय काम गरेको पनि अध्यक्ष के.सीले दाबी गरेका छन् ।

पेशागत महासंघ नेपाल संस्थाले जिम्मेवारी तथा गुणस्तरीय खालको सेवा, पेशाकर्मीको सुरक्षा तथा हकहितमा रहेर काम गर्ने, र समाज सेवामा तत्परताका साथ लाग्ने गरि यी ३ मिसन लिएर अगाडी बढेको बताए ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका जिल्ला कमिटी अध्यक्ष खिम प्रसाद पार्धेले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमो सञ्चालन पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानका सचिव गोपालय बिष्टले गरेका थिए ।

कार्यक्रममा प्रथम सम्मेलनबाट प्रदेश कमिटी सदस्यमा चयन भएका मोहन विक्रम के.के लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...