News Portal

रेडियो सुन्नुहोस्

अल्लो धागोबाट स्याउँलीबाङबासीले भित्र्याउछन् ५० लाख !

झुलेनी नेटवर्क२०८० जेठ १०
५९३ पटक
२०८० जेठ १०

प्यूठानको नौबहिनी गाउँपालिका–१,स्याउँलीबाङका स्थानीयले अल्लो धागो बिक्री गरेर वार्षिक ५० लाख गाउँमा भित्र्याउने गरेका छन् । यस क्षेत्रको जंगल, पाखा, पखेरा र बारी छेउमा उम्रने अल्लोको धागोको डल्लो बनाएर स्थानीय महिलाहरुले व्यापारीलाई बिक्रिगर्ने गर्दछन् ।

स्थानीय व्यापारीले काठमाडौंका व्यापारीलाई बिक्रि गर्ने गरेको स्थानीय व्यापारी धनबहादुर बुढामगरले जानकारी दिए । बुढाले स्थानीय महिलाले संकलन गरेको धागो प्रर्ति किलो १ हजार रुपैयाँमा खरिद गर्ने गरेका छन् ।

धागोलाई प्रसोधन गरेर लाछि बनाउने काममा उनले ३ जना स्थानीय महिलालाई रोजगारी समेत दिएका छन् ।
‘गाउँलेबाट धागोका डल्ला खरिद गर्ने गर्दछौ,’उनले भने, ‘त्यसलाई लाछि बनाएपछि बिक्रि गर्ने गर्दछौ ।’

लाछि बनाउने काम गर्न महिलाहरुलाई किलोको २५ पैयाँया ज्याला दिने गरेको उनले सुनाए । लाछि बनाउने काममा उनले स्थानीय कुमारी बिक, धनी विक र मंगली बिकलाई लगायका छन् ।

धनीराम मात्र नभएर स्याउँलीबाङमा अन्य तीन जना स्थानीय व्यापारीले अल्लो धागो खरिद गरेर काठमाडौका व्यापारीलाई बिक्रि गर्दै आएकाछन् । धनीरामका अनुसार एक वर्षमा स्याउँलीबाङबाट मात्रै ५० क्विन्टल बढी धागो निर्यात हुने गरेको छ ।

यसबाट ५० लाख भन्दा बढी रुपैयाँ गाउँमा भित्रने गरेको छ । यस क्षेत्रमा उत्पादन हुने अल्लो धागोबाट स्थानीयलाई आयआर्जनमा ठूलो टेवा पुगेको डिभिजन वन कार्यालय प्यूठानका प्रमुख संकरप्रसाद गुप्ताले बताए ।

डिभिजन वन कार्यालय प्यूठानको तथ्यांक अनुसार यसवर्ष हालसम्म ५ हजार ३ सय ५० किलो अल्लोधागो निर्यात भइसकेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...