News Portal

रेडियो सुन्नुहोस्

अल्लो धागोबाट स्याउँलीबाङबासीले भित्र्याउछन् ५० लाख !

झुलेनी नेटवर्क२०८० जेठ १०
९९१ पटक
२०८० जेठ १०

प्यूठानको नौबहिनी गाउँपालिका–१,स्याउँलीबाङका स्थानीयले अल्लो धागो बिक्री गरेर वार्षिक ५० लाख गाउँमा भित्र्याउने गरेका छन् । यस क्षेत्रको जंगल, पाखा, पखेरा र बारी छेउमा उम्रने अल्लोको धागोको डल्लो बनाएर स्थानीय महिलाहरुले व्यापारीलाई बिक्रिगर्ने गर्दछन् ।

स्थानीय व्यापारीले काठमाडौंका व्यापारीलाई बिक्रि गर्ने गरेको स्थानीय व्यापारी धनबहादुर बुढामगरले जानकारी दिए । बुढाले स्थानीय महिलाले संकलन गरेको धागो प्रर्ति किलो १ हजार रुपैयाँमा खरिद गर्ने गरेका छन् ।

धागोलाई प्रसोधन गरेर लाछि बनाउने काममा उनले ३ जना स्थानीय महिलालाई रोजगारी समेत दिएका छन् ।
‘गाउँलेबाट धागोका डल्ला खरिद गर्ने गर्दछौ,’उनले भने, ‘त्यसलाई लाछि बनाएपछि बिक्रि गर्ने गर्दछौ ।’

लाछि बनाउने काम गर्न महिलाहरुलाई किलोको २५ पैयाँया ज्याला दिने गरेको उनले सुनाए । लाछि बनाउने काममा उनले स्थानीय कुमारी बिक, धनी विक र मंगली बिकलाई लगायका छन् ।

धनीराम मात्र नभएर स्याउँलीबाङमा अन्य तीन जना स्थानीय व्यापारीले अल्लो धागो खरिद गरेर काठमाडौका व्यापारीलाई बिक्रि गर्दै आएकाछन् । धनीरामका अनुसार एक वर्षमा स्याउँलीबाङबाट मात्रै ५० क्विन्टल बढी धागो निर्यात हुने गरेको छ ।

यसबाट ५० लाख भन्दा बढी रुपैयाँ गाउँमा भित्रने गरेको छ । यस क्षेत्रमा उत्पादन हुने अल्लो धागोबाट स्थानीयलाई आयआर्जनमा ठूलो टेवा पुगेको डिभिजन वन कार्यालय प्यूठानका प्रमुख संकरप्रसाद गुप्ताले बताए ।

डिभिजन वन कार्यालय प्यूठानको तथ्यांक अनुसार यसवर्ष हालसम्म ५ हजार ३ सय ५० किलो अल्लोधागो निर्यात भइसकेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...