News Portal

रेडियो सुन्नुहोस्

उखु व्यवसायमा रमाएका भुषाल,गर्छन बार्षिक लाखौं आम्दानी

हेमन्त पाठक२०८० जेठ २६
१०८९ पटक
२०८० जेठ २६

आजभोलीको चर्काे गर्मीमा उखुको जुस बिक्रि गर्न व्यस्त छन प्युठान नगरपालिका ५ सिर्बाङका गणेश भुषाल । दिउँसोको उखर्माउलो गर्मीमा बिजुवारको मित्रमणी चोकमा उखुको जुस तयार गर्न उनलाई भ्याई नभ्याई छ। करिब ५ बर्ष देखि व्यवसायिक रूपमा उखु खेती गर्दै आएका उनी आफैले उखुको जुस तयार गरेर बिक्रि गर्ने गर्दछन्। अन्य खेती धान, गहुँ, मकै ,कोदो, फापर भन्दा उखुबाट मनग्य आम्दानी हुन थालेपछि उखु खेती सुरु गरेको उनी बताउँछन्। उनी भन्छन् –“उखु बेचेर बर्षमा करिब ४ देखि ५ लाख रुपैंयासम्म आम्दानी गरेको छु । ”

प्युठान जिल्लामा व्यवसायिक रुपमा गरिने उखु खेती नयाँ अभ्यास भएको उनको भनाई छ। सुरुमा करिब ५ रोपनी जग्गामा उखु खेती गरेका २४ बर्षका भुषालले उखु खेतीबाट आम्दानी बढ्दै गएपछि अहिले १५ रोपनी जग्गामा उखु खेती गरेको बताउँछन् । उखु व्यवसायसंगै घरमा केही बाख्रा र भैंसी समेत पालेका छौँ उनले भने,–“ भैंसी पालेर दुध , दही, घिउ पनि बिक्रि गर्दै आएको छु ।”

जिल्लामा प्रर्याप्त मात्रामा उखु खेती नहुँदा केही बर्ष अगाडि बाहिरी जिल्लाबाट पनि उखु खरिद गर्नु पथ्र्यो तर अहिले भने आफ्नै खेतबारीमा आफैले लगाएको उखुबाट नै उखुको जुस बनाउने उनको व्यवसाय चलेको उनी बताउँछन् । जाडो सिजनमा भन्दा गर्मीमा बढी मात्रामा उखुको जुस माग हुने भएकाले प्युठान जिल्लाको बिजुवार, जुम्री र भिंगृबाट भुषालले उखुको जुस बिक्रि गर्दै आईरहेका छन् । बिजुवारको मित्रमणी चोकमा उनी आफैले उखुको जुस तयार गरी बेच्दै आएका छन् भने जुम्रीमा उनकी श्रीमती र भिंगृमा उनका बुबाले उनको व्यवसायलाई सहयोग गरेका छन् । उनी भन्छन् –“घर परिवारमा सबैको सहयोगले गर्दा आज यो सबै सम्भव भएको हो।”

उनी आफु जस्तै युवाहरुलाई स्वदेशमै काम गर्न सुझाउँछन्। गरे के हुदैन,मेहनत गर्न सके यहि आफ्नै देशमा राम्रोसंग मनग्य पैसा कमाएर जिविकोपार्जन गर्न सकिने उनको बुझाई छ। उनले गरेको उखु व्यवसायबाट नै भुषालको ७ जनाको परिवार पालिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...