News Portal

रेडियो सुन्नुहोस्

उखु व्यवसायमा रमाएका भुषाल,गर्छन बार्षिक लाखौं आम्दानी

हेमन्त पाठक२०८० जेठ २६
४४१ पटक
२०८० जेठ २६

आजभोलीको चर्काे गर्मीमा उखुको जुस बिक्रि गर्न व्यस्त छन प्युठान नगरपालिका ५ सिर्बाङका गणेश भुषाल । दिउँसोको उखर्माउलो गर्मीमा बिजुवारको मित्रमणी चोकमा उखुको जुस तयार गर्न उनलाई भ्याई नभ्याई छ। करिब ५ बर्ष देखि व्यवसायिक रूपमा उखु खेती गर्दै आएका उनी आफैले उखुको जुस तयार गरेर बिक्रि गर्ने गर्दछन्। अन्य खेती धान, गहुँ, मकै ,कोदो, फापर भन्दा उखुबाट मनग्य आम्दानी हुन थालेपछि उखु खेती सुरु गरेको उनी बताउँछन्। उनी भन्छन् –“उखु बेचेर बर्षमा करिब ४ देखि ५ लाख रुपैंयासम्म आम्दानी गरेको छु । ”

प्युठान जिल्लामा व्यवसायिक रुपमा गरिने उखु खेती नयाँ अभ्यास भएको उनको भनाई छ। सुरुमा करिब ५ रोपनी जग्गामा उखु खेती गरेका २४ बर्षका भुषालले उखु खेतीबाट आम्दानी बढ्दै गएपछि अहिले १५ रोपनी जग्गामा उखु खेती गरेको बताउँछन् । उखु व्यवसायसंगै घरमा केही बाख्रा र भैंसी समेत पालेका छौँ उनले भने,–“ भैंसी पालेर दुध , दही, घिउ पनि बिक्रि गर्दै आएको छु ।”

जिल्लामा प्रर्याप्त मात्रामा उखु खेती नहुँदा केही बर्ष अगाडि बाहिरी जिल्लाबाट पनि उखु खरिद गर्नु पथ्र्यो तर अहिले भने आफ्नै खेतबारीमा आफैले लगाएको उखुबाट नै उखुको जुस बनाउने उनको व्यवसाय चलेको उनी बताउँछन् । जाडो सिजनमा भन्दा गर्मीमा बढी मात्रामा उखुको जुस माग हुने भएकाले प्युठान जिल्लाको बिजुवार, जुम्री र भिंगृबाट भुषालले उखुको जुस बिक्रि गर्दै आईरहेका छन् । बिजुवारको मित्रमणी चोकमा उनी आफैले उखुको जुस तयार गरी बेच्दै आएका छन् भने जुम्रीमा उनकी श्रीमती र भिंगृमा उनका बुबाले उनको व्यवसायलाई सहयोग गरेका छन् । उनी भन्छन् –“घर परिवारमा सबैको सहयोगले गर्दा आज यो सबै सम्भव भएको हो।”

उनी आफु जस्तै युवाहरुलाई स्वदेशमै काम गर्न सुझाउँछन्। गरे के हुदैन,मेहनत गर्न सके यहि आफ्नै देशमा राम्रोसंग मनग्य पैसा कमाएर जिविकोपार्जन गर्न सकिने उनको बुझाई छ। उनले गरेको उखु व्यवसायबाट नै भुषालको ७ जनाको परिवार पालिएको छ ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल २०८१ श्रावण ६ आइतवार

 मेष विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने...

कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्ने

नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबारका लागि बोलाएको छ । बैठक आइतबार मध्याह्न १२ बजे...

आगामी निर्वाचनमा माओवादीसंग दुवै दलले गठबन्धन नगर्ने  सर्तमा नयाँ गठबन्धन बन्यो: पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको गठबन्धन बनेको...

त्रिशूली दुर्घटनामा बेपत्ता बस र शव खोज्न यन्त्रसहित भारतिय टोलि खटाइयो

सिमलतालमा असार २८ गते पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय...

आजको राशिफल: २०८१ श्रावण ०५ शनिवार

मेष : आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि...