News Portal

रेडियो सुन्नुहोस्

क्रान्तिकारी पत्रकार रामचन्द्र हुमागाईको निधन

सिखबर संवाददाताकार्तिक ५ प्यूठान
९३५ पटक
कार्तिक ५ प्यूठान

कलेजो रोगबाट पीडित भई लामो समयदेखि उपचार गराइरहेका क्रान्तिकारी पत्रकार रामचन्द्र हुमागाईको ६५ वर्षको उमेरमा आइतबार भएकाे छ ।

हुमागाईको सानेपा स्थित जेष्ठ नागरिक केयर होममा आइतबार दिउसो ३ ः ५० मा निधन भएको हो । हुमागाईको आइतबारै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।

क्रान्तिकारी माअाेवादी निकट पत्रकार रहेका हुमागाईप्रति अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य पवनमान श्रेष्ठलगायतका नेता कार्यकर्ता तथा पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए ।

क्रान्तिकारी माओवादीका नेताहरुले हुमागाईको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पत्रकार हुमागाईं क्रान्तिकारी माओवादी काठमाडौंका सदस्य समेत रहेका थिए ।

यसैबीच, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले एक श्रद्धाञ्जली वक्तव्य जारी गरी हुमागाईको निधनले संगठनलाई स्तब्ध तुल्याएको भन्दै हुमागाईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...