News Portal

रेडियो सुन्नुहोस्

कृषकहरुका लागि कृषि सामग्री हस्तान्तरण

बिबश जि.एम२०८० जेठ ३२
५९१ पटक
२०८० जेठ ३२

माण्डवी गाउँपालिकाले कृषकका लागि कृषि सामग्री वितरण गरेको छ । गाउँ पालिका भित्र रहेका कृषि सहकारी, कृषक समुहमा आबद्द कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिका भित्र रहेका ३२ वटा समुहहरुलाई २१ मिनिटिलर, ५ कम्बाईल मिल, २ थ्रेसर मेसिन , १ प्लेटफिड मेसिन र १ डिजिटल तराजु लगायतका सामग्री वितरण गरिएको गाउँपालिकाका सुचना अधिकारी बलराम पौडेलले जानकारी दिए ।

कृषिलाई आधुनिकिकरण बनाउन, कृषकहरुको आयआर्जन बृद्धि गर्न, र उत्पादन बढाउनको लागि उक्त सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश पाण्डेले बताए । कृषकहरुको माग अनुसार ५० प्रतिशत गाउँपालिका अनुदान र ५० प्रतिशत कृषकले व्यहोर्ने गरि सामान खरिद गरेर वितरण गरिएको अधिकृत पाण्डेको भनाई छ ।

आर्थिक बर्ष ०७९र०८० को कृषकहरुका लागि विनियोजित बजेट अनुसार कार्यक्रम लिएको पनि उनले बताए । साथै आगमी दिनमा कृषकहरुले व्यवसायिक तरिकाले कृषि गरे कृषिमा आर्थिक सशक्तिकरण गर्न सकिने उद्देश्यले गाउँपालिकाले किसानको उत्पादनलाई हेरी प्रोत्साहन गर्ने पनि बताईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...