News Portal

रेडियो सुन्नुहोस्

कृषकहरुका लागि कृषि सामग्री हस्तान्तरण

बिबश जि.एम२०८० जेठ ३२
७३० पटक
२०८० जेठ ३२

माण्डवी गाउँपालिकाले कृषकका लागि कृषि सामग्री वितरण गरेको छ । गाउँ पालिका भित्र रहेका कृषि सहकारी, कृषक समुहमा आबद्द कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिका भित्र रहेका ३२ वटा समुहहरुलाई २१ मिनिटिलर, ५ कम्बाईल मिल, २ थ्रेसर मेसिन , १ प्लेटफिड मेसिन र १ डिजिटल तराजु लगायतका सामग्री वितरण गरिएको गाउँपालिकाका सुचना अधिकारी बलराम पौडेलले जानकारी दिए ।

कृषिलाई आधुनिकिकरण बनाउन, कृषकहरुको आयआर्जन बृद्धि गर्न, र उत्पादन बढाउनको लागि उक्त सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश पाण्डेले बताए । कृषकहरुको माग अनुसार ५० प्रतिशत गाउँपालिका अनुदान र ५० प्रतिशत कृषकले व्यहोर्ने गरि सामान खरिद गरेर वितरण गरिएको अधिकृत पाण्डेको भनाई छ ।

आर्थिक बर्ष ०७९र०८० को कृषकहरुका लागि विनियोजित बजेट अनुसार कार्यक्रम लिएको पनि उनले बताए । साथै आगमी दिनमा कृषकहरुले व्यवसायिक तरिकाले कृषि गरे कृषिमा आर्थिक सशक्तिकरण गर्न सकिने उद्देश्यले गाउँपालिकाले किसानको उत्पादनलाई हेरी प्रोत्साहन गर्ने पनि बताईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...