News Portal

रेडियो सुन्नुहोस्

युवा संगठन नेपाल प्यूठानद्धारा जिल्लाका सबै स्थानीय तहमा हस्ताक्षर कार्यक्रम

हेमन्त पाठक२०८० असार ८
६३५ पटक
२०८० असार ८

नेकपा बिप्लब निकट युवा संगठन प्युठानको आयोजनामा ‘राष्ट्रिय स्वाधिनताका लागि तपाईको अमुल्य योगदान तपाईको हस्ताक्षर किन ? भन्दै युवा संगठन नेपाल जिल्ला कमिटि प्यूठानले हस्ताक्षर संकलन गरिरहेको छ । गत असार २ गते प्यूठानको सदरमुकाम खंलगाबाट हस्ताक्षर संकलन अभियान सुरु गरेको युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं युवा संगठन प्युठान का संयोजक बिरबल केसीले बताए ।

युवा संगठन नेपाल केन्द्रीय कमिटिको छैठौं पूर्ण बैठकको निर्णयलाई कार्यान्वयन गर्दै हस्ताक्षर संकलन अभियान कार्यक्रम थालेको केसि को भनाइ छ । बिरोध प्रदर्सनमा एमसीसी सम्झौता खारेज गर्न र देशलाई भष्ट्रचारबाट मुक्त गर्न, नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राराज्यवादले कथित सांस्कृतिक नक्सा प्रकाशन गरेको हुंदा उक्त खारेजका लागि र महंगी, भ्रष्टाचार, कमिसन, लघुवित्त र मिटर व्याजीहरुको ज्यादतिको विरुद्ध हस्ताक्षर संकलन गरिएको जिल्ला संयोजक केसीले बताए ।

जल्लाको सदरमुकाम खंलगा बाट सुरु गरिएको यो अभियान बाग्दुला, विजुवार, जुम्री,चक्चके लगायत नौ वटै स्थानीय तहका क्षेत्रहरुमा हस्ताक्षर गरि आज शुक्रबारे समापन भएको संगठन का उपाध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए । प्यूठान जिल्लाबाट २ हजार भन्दा बढी व्यक्तिको हस्ताक्षर संकलन भैसकेको पोख्रेलको भनाइ छ ।

सबै को उत्साहजनक सहभागितामा सहमतिपत्र सहितको सेतो कपडामा हस्ताक्षर संकलन गरिएको पोख्रेलले बताए छ । हस्ताक्षर भैसकेपछि प्रधानमन्त्रीको क्याभिनेट कार्यलय मा पठाउने संगठनका संयोजक केसिले बताए । युवा संगठन नेपालले हस्ताक्षर कार्यक्रम देशव्यापी रुपमा ७७ वटै जिल्लाबाट हस्ताक्षर संकलन गरिरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...