News Portal

रेडियो सुन्नुहोस्

युवा संगठन नेपाल प्यूठानद्धारा जिल्लाका सबै स्थानीय तहमा हस्ताक्षर कार्यक्रम

हेमन्त पाठक२०८० असार ८
९०२ पटक
२०८० असार ८

नेकपा बिप्लब निकट युवा संगठन प्युठानको आयोजनामा ‘राष्ट्रिय स्वाधिनताका लागि तपाईको अमुल्य योगदान तपाईको हस्ताक्षर किन ? भन्दै युवा संगठन नेपाल जिल्ला कमिटि प्यूठानले हस्ताक्षर संकलन गरिरहेको छ । गत असार २ गते प्यूठानको सदरमुकाम खंलगाबाट हस्ताक्षर संकलन अभियान सुरु गरेको युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं युवा संगठन प्युठान का संयोजक बिरबल केसीले बताए ।

युवा संगठन नेपाल केन्द्रीय कमिटिको छैठौं पूर्ण बैठकको निर्णयलाई कार्यान्वयन गर्दै हस्ताक्षर संकलन अभियान कार्यक्रम थालेको केसि को भनाइ छ । बिरोध प्रदर्सनमा एमसीसी सम्झौता खारेज गर्न र देशलाई भष्ट्रचारबाट मुक्त गर्न, नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राराज्यवादले कथित सांस्कृतिक नक्सा प्रकाशन गरेको हुंदा उक्त खारेजका लागि र महंगी, भ्रष्टाचार, कमिसन, लघुवित्त र मिटर व्याजीहरुको ज्यादतिको विरुद्ध हस्ताक्षर संकलन गरिएको जिल्ला संयोजक केसीले बताए ।

जल्लाको सदरमुकाम खंलगा बाट सुरु गरिएको यो अभियान बाग्दुला, विजुवार, जुम्री,चक्चके लगायत नौ वटै स्थानीय तहका क्षेत्रहरुमा हस्ताक्षर गरि आज शुक्रबारे समापन भएको संगठन का उपाध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए । प्यूठान जिल्लाबाट २ हजार भन्दा बढी व्यक्तिको हस्ताक्षर संकलन भैसकेको पोख्रेलको भनाइ छ ।

सबै को उत्साहजनक सहभागितामा सहमतिपत्र सहितको सेतो कपडामा हस्ताक्षर संकलन गरिएको पोख्रेलले बताए छ । हस्ताक्षर भैसकेपछि प्रधानमन्त्रीको क्याभिनेट कार्यलय मा पठाउने संगठनका संयोजक केसिले बताए । युवा संगठन नेपालले हस्ताक्षर कार्यक्रम देशव्यापी रुपमा ७७ वटै जिल्लाबाट हस्ताक्षर संकलन गरिरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...