News Portal

रेडियो सुन्नुहोस्

डाक्टर पौडेलका कारण मेरो अवस्था परिवर्तन भयोः दुबै खुट्टा गुमाएकि मिना

बोम बहादुर परियार२०८० असार १० प्यूठान
८६७ पटक
२०८० असार १० प्यूठान

दुबै खुट्टा अपाङ्ग भई घस्रिएर हिड्ने प्यूठान जुम्रीकाँडाकी १४ वर्षिय बालिका मिना खत्री अहिले खुसी छिन । २ हप्ता भन्दा बढी पोखराको बसाई पछि उनी आईतबार आफ्नो गृह जिल्ला प्युठान जुम्रीकाडा पुगेकी छिन ।

उनको घस्रीएर हिड्नुपर्ने बाध्यता हराएको छ । अहिले उनी साधाराण मान्छे जस्तै गरि हिड्न सक्ने भएकी छिन । मिना मात्र होईन बुवा आमा समेत खुसिले गदगद छन । अब मिना कृत्रिम खुट्टाको सहायताले स्वयंम आफै हिडेर स्कुल जान सक्ने भएकी छिन । उनले डाक्टर राजेन्द्र पौडेल नभएको भए यो अबस्थामा आउन नसक्ने बताईन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेलले आफू मिनाको अबस्था परिबर्तन गरिदिनको लागि खटिएर लाएको बताए । सामाजिक सन्जालमा मिनाको तस्बिर र उनको पीडा देखेपछी पौडेलले निसुल्क उपचार गरिदिने बोलेका थिए ।

पौडेलले अहिले बिपन्न परिवारको जीवन नै परिबर्तन गरिदिएका छन । डाक्टर पौडेलले प्युठान जिल्लाका १ सय भन्दा बढी बिपन्न परिवारका बिरामिहरुको निसुल्क उपचार गरिदिएका छन भने यस अघि पनि जिल्लाका धेरै हिड्न नसक्ने बिरामिहरुलाई ह्विल चियर निसुल्क बितरण गरिदिएका छन ।

मिनाले आफ्नो कृत्रिम खुट्टा राख्न पुर्ण सहयोग गरेको भन्दै डाक्टर पौडेललाई भगवान नै मानेकी छिन । मिनाका बुवा पनि छोरिलाई बोकेर स्कुल छोड्न जानुपर्ने बाध्यता हराएको भन्दै खुसी छन । ९ महिनाको उमेरमा आगोमा जलेर मिनाको दुबै खुट्टा अपाङ्ग भएको थियो । उनी लामो समयसम्म घस्रेर जीवन बिताईरहेकि थिईन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...