News Portal

रेडियो सुन्नुहोस्

डाक्टर पौडेलका कारण मेरो अवस्था परिवर्तन भयोः दुबै खुट्टा गुमाएकि मिना

बोम बहादुर परियार२०८० असार १० प्यूठान
१०७८ पटक
२०८० असार १० प्यूठान

दुबै खुट्टा अपाङ्ग भई घस्रिएर हिड्ने प्यूठान जुम्रीकाँडाकी १४ वर्षिय बालिका मिना खत्री अहिले खुसी छिन । २ हप्ता भन्दा बढी पोखराको बसाई पछि उनी आईतबार आफ्नो गृह जिल्ला प्युठान जुम्रीकाडा पुगेकी छिन ।

उनको घस्रीएर हिड्नुपर्ने बाध्यता हराएको छ । अहिले उनी साधाराण मान्छे जस्तै गरि हिड्न सक्ने भएकी छिन । मिना मात्र होईन बुवा आमा समेत खुसिले गदगद छन । अब मिना कृत्रिम खुट्टाको सहायताले स्वयंम आफै हिडेर स्कुल जान सक्ने भएकी छिन । उनले डाक्टर राजेन्द्र पौडेल नभएको भए यो अबस्थामा आउन नसक्ने बताईन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेलले आफू मिनाको अबस्था परिबर्तन गरिदिनको लागि खटिएर लाएको बताए । सामाजिक सन्जालमा मिनाको तस्बिर र उनको पीडा देखेपछी पौडेलले निसुल्क उपचार गरिदिने बोलेका थिए ।

पौडेलले अहिले बिपन्न परिवारको जीवन नै परिबर्तन गरिदिएका छन । डाक्टर पौडेलले प्युठान जिल्लाका १ सय भन्दा बढी बिपन्न परिवारका बिरामिहरुको निसुल्क उपचार गरिदिएका छन भने यस अघि पनि जिल्लाका धेरै हिड्न नसक्ने बिरामिहरुलाई ह्विल चियर निसुल्क बितरण गरिदिएका छन ।

मिनाले आफ्नो कृत्रिम खुट्टा राख्न पुर्ण सहयोग गरेको भन्दै डाक्टर पौडेललाई भगवान नै मानेकी छिन । मिनाका बुवा पनि छोरिलाई बोकेर स्कुल छोड्न जानुपर्ने बाध्यता हराएको भन्दै खुसी छन । ९ महिनाको उमेरमा आगोमा जलेर मिनाको दुबै खुट्टा अपाङ्ग भएको थियो । उनी लामो समयसम्म घस्रेर जीवन बिताईरहेकि थिईन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...