News Portal

रेडियो सुन्नुहोस्

पहिरो हटाउन सुरु गरेको १२ घण्टापछि प्यूठान भालुबाङ सडक खुल्यो

झुलेनी नेटवर्क२०८० असार २५
७०२ पटक
२०८० असार २५

सडक माथिबाट आएको पहिरोले अवरुद्ध भएको प्यूठान भालुबाङ सडकखण्ड अहिले खुलेको छ । सोमबार राती देखी सो सडक अवरुद्ध हुँदा प्यूठान भालुबाङ सडकखण्डमा यात्रा गर्नेहरुलाई कठिनाई परेको थियो ।

करिब विहान ५ बजेदेखी पहिरो पन्छ्याउन सुरु गरिएकोमा साँझ ५ बजे १२ घण्टापछि मात्र सडक खुलेको सडक डिभिजन कार्यालय प्यूठानका सुचना अधिकारी किसन गैरेले जानकारी दिए । गैरेका अनुसार राती गएको पहिरो हटाउन सक्ने संभावना नभएपछि विहानबाट मात्र काम सुरु गरिएको हो ।

एउटा एक्साभेटर, लोडर, ब्याकहो लोडर प्रयोग गरेर पहिरो पन्छाइएको छ । ठूल्ठूला ढुंगासहितको पहिरो खसेका कारण सडक खुलाउन समय लागेको सुचना अधिकारी गैरेको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...