News Portal

रेडियो सुन्नुहोस्

पहिरो हटाउन सुरु गरेको १२ घण्टापछि प्यूठान भालुबाङ सडक खुल्यो

झुलेनी नेटवर्क२०८० असार २५
४८२ पटक
२०८० असार २५

सडक माथिबाट आएको पहिरोले अवरुद्ध भएको प्यूठान भालुबाङ सडकखण्ड अहिले खुलेको छ । सोमबार राती देखी सो सडक अवरुद्ध हुँदा प्यूठान भालुबाङ सडकखण्डमा यात्रा गर्नेहरुलाई कठिनाई परेको थियो ।

करिब विहान ५ बजेदेखी पहिरो पन्छ्याउन सुरु गरिएकोमा साँझ ५ बजे १२ घण्टापछि मात्र सडक खुलेको सडक डिभिजन कार्यालय प्यूठानका सुचना अधिकारी किसन गैरेले जानकारी दिए । गैरेका अनुसार राती गएको पहिरो हटाउन सक्ने संभावना नभएपछि विहानबाट मात्र काम सुरु गरिएको हो ।

एउटा एक्साभेटर, लोडर, ब्याकहो लोडर प्रयोग गरेर पहिरो पन्छाइएको छ । ठूल्ठूला ढुंगासहितको पहिरो खसेका कारण सडक खुलाउन समय लागेको सुचना अधिकारी गैरेको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...