News Portal

रेडियो सुन्नुहोस्

उज्यालो विद्यालयको अध्यारो कथा

झुलेनी नेटवर्क२०८० श्रावण १०
८५७ पटक
२०८० श्रावण १०

साविकको विजयनगर गाविस हाल प्यूठान नगरपालिका ३ मा रहेको बाल मन्दिर बारे जिल्लामा कमैलाई होला जानकारी नभएको । राजा बिरेन्द्रको पालामा रानी ऐश्वर्या शाहले स्थापना गरेको बाल मन्दिरबाट दूधेपीठो लिएर धेरैले आफ्ना बाल बालिकालाई हुर्काए । त्यही बाल मन्दिर परिसरमा २०४३ सालमा स्थापना भएको विद्यालयको कुनैबेला जिल्लाभरनै बेग्लै शान थियो । कक्षा कोठाभरी विद्यार्थी हुन्थे । बाल बालिकाको लागि विद्यालय मन्दिर नै थियो ।अभिभाबकको भरोसाको केन्द्र । त्यहा कक्षा ५ उत्र्तिण गरेका विद्यार्थी नजिकैको मुक्ति मा.वि राटामाटमा कक्षा ६ अध्ययन गर्न पुग्थे ।

जिल्लाको सुगम स्थान मानिने प्यूठान भालुबाङ मुख्य सडक छेउमै वर्षौको इतिहास बोकेको बाल मन्दिर प्रा.बि को हाल अवस्था भने निकै नाजुक भएर फेरिएको छ । केहि वर्ष अघिसम्म बाल बालिकाले भरिभराउ हुने बाल मन्दिर हाताभित्र हिजोआज ७/८ जना मात्र नानीबाबुहरु खेलिरहेका देखिन्छन् । यो आर्थिक बर्षमा त विद्यार्थी भर्ना शुन्य जस्तै भयो । विद्यालय प्रशासनका अनुसार यस बर्ष १५ जना मात्र विद्यार्थीले भर्ना भएका छन् । यहा बाल बिकास केन्द्र र कक्षा १ देखि कक्षा ३ सम्म पढाई हुन्छ ।

बाल विकास केन्द्रमा ६ जना, कक्षा १ मा १ जना, कक्षा २ मा ४ जना र कक्षा ३ मा ४ जना विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक गुणेन्द्र बिष्टले जानकारी दिए । ५ कक्षासम्म पढाई भएको विद्यालयमा यस बर्ष कक्षा घटाएपछि विद्यार्थी संख्या घटेको प्रधानाध्यापक बिष्टको भनाई छ ।
बाल मन्दिर प्रा.वि मा मात्र नभएर प्यूठान नगरपालिका भित्र रहेका ६ वटा विद्यालय पहिले सञ्चालन भएको भन्दा घटाएर सञ्चालन गरेको प्यूठान नगरपालिका शिक्षा शाखाले जनाएको छ । नगरपालिकाको मापदण्ड भन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा कक्षा घटाईएको प्यूठान नगरपालिका शिक्षा शाखा प्रमुख बाशुदेव पण्डितले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...