News Portal

रेडियो सुन्नुहोस्

उज्यालो विद्यालयको अध्यारो कथा

झुलेनी नेटवर्क२०८० श्रावण १०
५३३ पटक
२०८० श्रावण १०

साविकको विजयनगर गाविस हाल प्यूठान नगरपालिका ३ मा रहेको बाल मन्दिर बारे जिल्लामा कमैलाई होला जानकारी नभएको । राजा बिरेन्द्रको पालामा रानी ऐश्वर्या शाहले स्थापना गरेको बाल मन्दिरबाट दूधेपीठो लिएर धेरैले आफ्ना बाल बालिकालाई हुर्काए । त्यही बाल मन्दिर परिसरमा २०४३ सालमा स्थापना भएको विद्यालयको कुनैबेला जिल्लाभरनै बेग्लै शान थियो । कक्षा कोठाभरी विद्यार्थी हुन्थे । बाल बालिकाको लागि विद्यालय मन्दिर नै थियो ।अभिभाबकको भरोसाको केन्द्र । त्यहा कक्षा ५ उत्र्तिण गरेका विद्यार्थी नजिकैको मुक्ति मा.वि राटामाटमा कक्षा ६ अध्ययन गर्न पुग्थे ।

जिल्लाको सुगम स्थान मानिने प्यूठान भालुबाङ मुख्य सडक छेउमै वर्षौको इतिहास बोकेको बाल मन्दिर प्रा.बि को हाल अवस्था भने निकै नाजुक भएर फेरिएको छ । केहि वर्ष अघिसम्म बाल बालिकाले भरिभराउ हुने बाल मन्दिर हाताभित्र हिजोआज ७/८ जना मात्र नानीबाबुहरु खेलिरहेका देखिन्छन् । यो आर्थिक बर्षमा त विद्यार्थी भर्ना शुन्य जस्तै भयो । विद्यालय प्रशासनका अनुसार यस बर्ष १५ जना मात्र विद्यार्थीले भर्ना भएका छन् । यहा बाल बिकास केन्द्र र कक्षा १ देखि कक्षा ३ सम्म पढाई हुन्छ ।

बाल विकास केन्द्रमा ६ जना, कक्षा १ मा १ जना, कक्षा २ मा ४ जना र कक्षा ३ मा ४ जना विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक गुणेन्द्र बिष्टले जानकारी दिए । ५ कक्षासम्म पढाई भएको विद्यालयमा यस बर्ष कक्षा घटाएपछि विद्यार्थी संख्या घटेको प्रधानाध्यापक बिष्टको भनाई छ ।
बाल मन्दिर प्रा.वि मा मात्र नभएर प्यूठान नगरपालिका भित्र रहेका ६ वटा विद्यालय पहिले सञ्चालन भएको भन्दा घटाएर सञ्चालन गरेको प्यूठान नगरपालिका शिक्षा शाखाले जनाएको छ । नगरपालिकाको मापदण्ड भन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा कक्षा घटाईएको प्यूठान नगरपालिका शिक्षा शाखा प्रमुख बाशुदेव पण्डितले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...